जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एलआईसी नेपालद्धारा प्रधानमन्त्री उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग

एलआईसी नेपालद्धारा प्रधानमन्त्री उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) ले प्रधानमन्त्री उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ । प्रदान भएको सो सहयोगले देशभर बाढी, पहिरो र डुबानका कारण क्षती व्यहोरीरहेका नागरिकहरुको पीडामा मल्हमपट्टी गर्न थप राहात पुग्ने कम्पनीले अपेक्षा गरेको हो ।

उक्त रकम हस्तान्तरण गर्न स्वयम प्रधानमन्त्री केपी शर्मा ओली समक्ष एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमार उपस्थित भएका थिए । त्यस्तै, एआईसी नेपालका कम्पनी सचिव एवम् सूचना अधिकारी सुदर्शन गिरीको समेत उपस्थिती रहेको थियो ।

नेपाली बीमा क्षेत्रको धरोहरको रुपमा स्थापित एलआईसी नेपालले नेपालमा जीवन बीमाको संस्कारलाई स्थापित गर्न खेलेको भुमिकादेखी हालसम्म बीमित र शेयरधनीहरुमाझ अटुट विश्वास कायम गर्दै कम्पनीले नागरिकका अधिकांश जोखिमहरु बहन गर्दै आएको छ । विपतको बेलामा आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै कम्पनीले बेला बेला विगतदेखि नै यस्तो सहयोग प्रदान गर्दै आएको अवस्था छ ।

2490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका