जोडिनुहोस
बुधबार, अशोज ३०, २०८१
बुधबार, अशोज ३०, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंक र आईडीई नेपालबीच समझदारी

मुक्तिनाथ विकास बैंक र आईडीई नेपालबीच समझदारी

मुक्तिनाथ विकास बैंक र आईडीई नेपालको सहकार्यमा वित्तीय समावेशीकरण, तालिम तथा क्षमता अभिवृद्धि लगायतका विकास कार्यक्रम सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलर आईडीई नेपालका तर्फबाट कन्ट्री डाईरेक्टर प्रजुना केसीले हस्ताक्षर गरेका छन् ।

उक्त सहकार्यले नेपालमा विद्यमान सामाजिक, आर्थिक चुनौतिहरुलाई सम्बोधन गर्न र दिगो विकासलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । दुवै संस्थाहरुको साझेदारीले वित्तीय सुधार सहितको समावेशीता, ग्रामीण विकासमा टेवा, साना किसानहरुलाई प्रोत्साहन, खाद्य सुरक्षा तथा चेतना, जलवायु परिवर्तन र गरिबी न्यूनीकरलगायतका क्षेत्रमा योगदान दिन सकिने अपेक्षा गरिएको छ ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका