जोडिनुहोस
बुधबार, अशोज ३०, २०८१
बुधबार, अशोज ३०, २०८१

नेप्से ४३.२२ अंकले वृद्धि

सेयर बजार परिसूचक नेप्से ४३.२२ अंकले वृद्धि भएर २ हजार ७ सय ४२.८८ बिन्दुमा रोकिएको छ । यस दिन १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयर किनबेचबाट ५ अर्ब ६६ करोड बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको कारोबार भएको छ । नेपाल फाइनान्सको १५ करोड ९ लाख रुपैयाँ बढीको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको १५ करोड ४ लाख, एनआईसी एशिया बैंकको १४ करोड ७५ लाख, गुडविल फाइनान्सको १३ करोड २० लाख र हाईड्रोइलेक्टीसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनीको १३ करोड १३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका २०५ कम्पनीको सेयर मूल्य बढ्दा ३५ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य यथावत रहेको छ । आज सबैभन्दा धेरै विजय लघुवित्त वित्तिय संस्था, इस्टर्न हाईड्रोपावर, समता घरेलु लघुवित्त, आत्मनिर्भर लघुवित्त र सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्यमा उच्च बढोत्तरी आएको छ ।

यसैगरी, अपर स्यानजे हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ । सबै उपसूचकमा हरियाली छाएको छ । ट्रेडिङ उपसूचक ३.४४ प्रतिशतले बढ्दा बैंकिङ उपसूचक १.९८ प्रतिशतले वृद्धि भएको छ ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका