जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सेयर धितो कर्जा दुई महिनामा ९.६७ अर्ब प्रवाह

सेयर धितो कर्जा दुई महिनामा ९.६७ अर्ब प्रवाह

 चालु आर्थिक वर्ष २ महिनामा सेयर धितो कर्जा ९ अर्ब ६७ करोड रुपैयाँ प्रवाह भएको छ। गत असारको तुलनामा यो रकम १०.७ प्रतिशत बढी हो। नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा ९० अर्ब ९३ करोड रुपैयाँ ऋण लगानी गरेकामा भदौ मसान्तसम्म आइपुग्दा त्यस्तो कर्जा ९९ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

निरन्तर ओरालो लागेर कर्जाको ब्याज एकल अंकमा आएपछि बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्ने क्रम बढेको हो।

गत असार मध्यपछि सेयर बजार निरन्तर उकालो लाग्दा कारोबार निकै बढेको थियो। साउन मसान्तमा नेप्से ३००० विन्दुमा पुग्दा एकैदिन २९ अर्ब ९५ करोड रुपैयाँसम्मको सेयर किनबेच भएको थियो।

१ करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा १७.९ प्रतिशतले बढेको छ। भदौ मसान्तसम्म १ करोड रुपैयाँभन्दा बढीको सेयर धितो कर्जा ६३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। दुई महिनामा यस्तो कर्जा १० अर्ब रुपैयाँ लगानी भएको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको माौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लचकता अपनाएको थियो। राष्ट्र बैंकले सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई २० करोड रुपैयाँको सीमा हटाउँदा ऋण लगानी वृद्धि भएको हो।

५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर धितो ऋण ३.२ प्रतिशतले वृद्धि भएर १२ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

तर, २५ देखि ५० लाखसम्मको ३ प्रतिशत र २५ लाख रुपैयाँसम्मको सेयर धितो ऋण ३.९ प्रतिशतले घटेको छ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
रवि लामिछाने पक्राउ