साताको पहिलो कारोबार दिन आइतबार पहेलो धातु सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । यो दिन सुुनको मूूल्य तोलामा ४ सय रुपैयाँले बढेर हाल सम्मै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ।
अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाले बढेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४१ हजार ४६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ सय ७९ रुपैयाँ कायम भएकोछ । अघिल्लो कारोबारमा प्रति १० ग्राम सुनको मूल्य १ लाख ४० हजार ९४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ९७ रुपैयाँ ५० पैसा कायम थियो ।