जोडिनुहोस
सोमवार, कार्तिक १२, २०८१
सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • सानिमा बैंकले डाक्यो साधारण सभा

सानिमा बैंकले डाक्यो साधारण सभा

सानिमा बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले २० औं वार्षिक साधारण सभा डाकेको हो ।
बैंकको २० औं साधारण सभा आगामी मंसिर ४ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमाा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरणको विेशष प्रस्ताव पारित गरिनेछ । यस्तै, गत आवको सम्पूर्ण वित्तीय विवरण पारित गरिनुका साथै लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गरिनेछ ।

यस्तै, सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक २५ गते एक दिनका लागि बुक क्लोज गनेृ निर्णय गरेको छ । यसर्थ कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

35
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका