जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !

“बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” नारा दिएर सधैं काण्डै काण्ड मच्चाउँदै आएको एनआईसी एशिया बैंकको वित्तिय विवरणबाट लगानीकर्ता मात्रै होइन डिपोजिटकर्ता पनि त्रासको अवस्थामा पुगेको भेटिएको छ भन्दा अब फरक पर्दैन । नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर बम बहादुर मिश्रले राष्ट्र बैंकका भित्री प्रत्येक सूचना दिएकै कारण एनआईसी एशिया बैंक प्रत्येक कारवाहीबाट जोगिदै आएको घाम जस्तै छलङ्ग छ भन्दा फरक पर्दैन । गभर्नर हेक्का होस् ।

विगतमा हामीले प्रकाशन गरेका समाचार हटाउन दर्जनौ वाणिज्य बैंकका सिइओसाबहरुलाई सम्पादक भूपेन्द्र आचार्यलाई फोन गराएका डिपुटी गभर्नर मिश्रकै कारण एनआईसी एशिया बैंक छाडा मात्रै भएको छैन उसले जे गर्न पनि छुट दिएको राष्ट्र बैंककै उच्च कर्मचारीहरुको दाबी छ ।

एनआईसी एशिया बैंकको लगानीकर्ता विशाल समूहले ८÷१० करोड खर्च गरेर भावी गभर्नर बनाई दिने शर्तमा राष्ट्र बैंकका डिपुटी गभर्नर मिश्रले एनआईसी एशिया बैंक जोगाउँदै आएपनि सर्वसाधारण लगानीकर्ता र डिपोजिटकर्ताहरुको उठीबास भएको छ भन्दा फरक पर्दैन । राष्ट्र बैंककी कर्मचारीलाई आफै अभद्र व्यवहार गरेकै कारण डिपुटी गभर्नर मिश्र महिला आयोगको छानवीनको घेराउमा छन् तर, उनी गभर्नर बन्न कम्मर कसेर लागेको देखिन्छ । यसको खोजी आर्थिक बजार न्यूजडटकमले गरिरहेको छ । विगतमा हामीले प्रकाशन गरेका समाचार हटाउन दर्जनौ वाणिज्य बैंकका सिइओसाबहरुलाई सम्पादक भूपेन्द्र आचार्यलाई फोन गराएका डिपुटी गभर्नर मिश्रकै कारण एनआईसी एशिया बैंक छाडा मात्रै भएको छैन उसले जे गर्न पनि छुट दिएको राष्ट्र बैंककै उच्च कर्मचारीहरुको दाबी छ ।

एनआईसी एशिया बैंक भित्र यतिबेला पहिला जस्तौ कुनै पनि शाखामा भिडभाड छैन । यसबाटै प्रस्ट हुन्छ । यस बैंकबाट सर्वसाधारण लगानीकर्ता र निक्षेपकर्ता कति त्रसित छन् भनेर ।

एनआईसी एशिया बैंकका गौतम थरका एक कर्मचारीले गार्ड सप्लाई देखि भौचर छपाईसम्म कमिशन लिएर जनताको पैसामा लुट मच्चाएको एक एनआईसी एशिया बैंककै एजीएमले पंक्तिकारसंग दाबी गरे । उनले भने यतिसम्म लुट छ कि बैंकको साइनबोर्ड बनाउदा पनि कमिशन ती गौतम थरका व्यक्तिले लिने गरेका छन् । एनआईसी एशिया बैंक भित्र यतिबेला पहिला जस्तौ कुनै पनि शाखामा भिडभाड छैन । यसबाटै प्रस्ट हुन्छ । यस बैंकबाट सर्वसाधारण लगानीकर्ता र निक्षेपकर्ता कति त्रसित छन् भनेर । गभर्नर साब हेक्का होस् ।

बैंक भित्रको अवस्था कस्तो छ ?
एनआईसी एसिया बैंक झन् पछि झन् कमजोर बन्न पुगेको अब प्रस्टै भएको छ । बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको नाफा ह्वात्तै घटेको देखिन्छ । बैंकको खुद नाफा ८९.०६ प्रतिशतले घटेको हो । भन्दा अब फरक पर्दैन । यस अवधिमा बैंकले कुल ११ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १ करोड ३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै घटेको छ । बैंकको खुद ब्याज आम्दानी ७.१४ प्रतिशतले घटेर २ अर्ब ५५ करोड २५ लाख कायम भएको छ । गत वर्ष यस्तो आम्दानी २ अर्ब ६४ करोड थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा गिरावट आएको छ । यसरी हेर्दा बैंकले वितरण गर्नुपर्ने नाफा ऋणमा पुगेको देखिन्छ । गभर्नर साब हेक्का होस् । एनआईसी एशियाको इम्पेयरमेन्ट चार्ज ६४ करोड ४३ लाखबाट बढेर १ अर्ब १६ करोड पुगेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबै घटेको छ । बैंकको खुद ब्याज आम्दानी ७.१४ प्रतिशतले घटेर २ अर्ब ५५ करोड २५ लाख कायम भएको छ । गत वर्ष यस्तो आम्दानी २ अर्ब ६४ करोड थियो । त्यस्तै सञ्चालन नाफा पनि ८८.७३ प्रतिशतले घटेको देखिन्छ । यसबाटै प्रस्ट देखिन्छ यो बैंक कस्तो अवस्थाको सामना गर्दै छ भनेर गभर्नर साब हेक्का होस् ।

वितरणयोग्य नाफा ऋणात्मक
बैंकको वितरणयोग्य नाफा पनि ऋणात्मक रहेको देखिन्छ । चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १७ अर्ब ६९ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६७ पैसाले घटेर २ रुपैयाँ ९१ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ७९ पैसा रहेको देखिन्छ । भन्दा फरक पर्दैन ।

बचतकर्तामा त्रास नै त्रास
एनआईसी एशिया बैंकको आम्दानीसँगै अन्य सूचकहरु घटिरहँदा बचतकर्तामा भने त्रास फैलिएको छ । यसअघि पनि बैंक डुब्न लागेको चर्चाले बचतकर्ताहरु आत्तिएर आफ्नो पैसा निकाल्न थालेका थिए । यद्यपी नेपाल राष्ट्र बैंकले बजारको हल्लालाई गलत भनेको थियो ।

गभर्नर साब हेक्का होस् । कर्जा प्रवाहमा गरेको उलंघनले राष्ट्र बैंकको अनुसन्धानमा तानिएको एनआईसी एशिया छिट्टै डुब्दैछ भनी ब्यवसायी दुर्गा प्रसाईँले सार्वजनिक अभिब्यक्ति दिएपछि सनसनी फैलिएको थियो ।

कारण थियो राष्ट्र बैंकका डिपुटी गभर्नर मिश्रको दादागिरी भन्दा अब फरक पर्दैन । तर कर्जा प्रवाह गर्दा नियम उल्लंघन गरेको विषयमा भने राष्ट्र बैंकको अनुसन्धानबाट खुलेको थियो । तर, राष्ट्र बैंकका डिपुटी गभर्नर बम बहादुर मिश्रले कारवाहीबाट जोगाउँदै आएका थिए भन्दा अब फरक पर्दैन । गभर्नर साब हेक्का होस् । कर्जा प्रवाहमा गरेको उलंघनले राष्ट्र बैंकको अनुसन्धानमा तानिएको एनआईसी एशिया छिट्टै डुब्दैछ भनी ब्यवसायी दुर्गा प्रसाईँले सार्वजनिक अभिब्यक्ति दिएपछि सनसनी फैलिएको थियो । राष्ट्र बैंकको इन्सपेक्सन, बैंकका डेपुटी सीईओको राजीनामा, बैंकको शाखा बन्द गर्न दिएको निवेदन र खराब कर्जाका विषयहरू सतहमा आउँदा सर्वसाधारणमा त्रास बढेको थियो । अहिले यसकै कारण बैंक भित्र आतकं नै मच्चिएको देखिन्छ ।

किन आत्तिएका छन् निक्षेपकर्ता ?
– बैंकाको घट्दो नाफा ।
– बैंकाको बढ्दो खराब कर्जा ।
– राष्ट्र बैंकको नियम नमान्ने बैंक ।
– राष्ट्र बैंकले कारबाही गर्ने भएपछि बैंकको डिपुटी सिइओ पाण्डेले नै राजीनामा दिएको ।
– राष्ट्र बैंकमा गलत विवरण पेस गरेको ।
– कर्जा प्रवाह गर्दा नियम उल्लङ्घन गरेको ।

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक !
धेरै काण्डै काण्ड हुने बैंकको शिर्ष स्थानमा एनआईसी एसिया बैंक पर्ने गर्दछ । यो बैंकले ग्राहकलाई दुःख दिनेदेखि लिएर बैंकका कर्मचारीहरुको समेत श्रम शोषण गर्ने गरेका समय–समय तथ्यहरु बहिर आएका छन् । भन्दा फरक पर्दैन । केही समय अघि बैंकले ग्राहक ठग्नको लागि बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको समेत प्रमाणित समेत भइसकेको यो समाचार आर्थिक बजारन्यूज डटकमले नै सार्वजनिक गरेको थियो । गभर्नर साब हेक्का होस् ।

गभर्नर साब हेक्का होस् । तत्कालै छानवीन होस् । राष्ट्र बैंकको नीतिभन्दा विपरीत गएर बैंकले कर्जा प्रवाह गरेको र आफ्नो वासेल रिपोर्टमा गलत तथ्य पेस गरेको राष्ट्र बैंकको प्रारम्भिक अध्ययनले समेत प्रामाणित भएको थियो ।

एनआईसी बैंकमा कर्मचारीको मिलेमतोमा ग्राहकको पैसा चोरी हुन्छ भने कहिले साइबर सुरक्षामा ध्यान नदिदा ह्याक भएर पैसा चोरी हुने र खातामा पैसा हुँदा पनि बैंकले नदिनेसम्मका हर्कत गर्ने गरेका गुनासाहरु राष्ट्र बैंक पुगे पनि डिपुटी गभर्नर मिश्रले बचाउँदै आएका दर्जनौ तथ्य हामीले फेला पारेका छौं । गभर्नर साब हेक्का होस् । तत्कालै छानवीन होस् । राष्ट्र बैंकको नीतिभन्दा विपरीत गएर बैंकले कर्जा प्रवाह गरेको र आफ्नो वासेल रिपोर्टमा गलत तथ्य पेस गरेको राष्ट्र बैंकको प्रारम्भिक अध्ययनले समेत प्रामाणित भएको थियो । तर, किन कारवाही भएन ? गभर्नर महाप्रसाद अधिकारीज्यू हेक्का होस् ।

किस्ता तिर्न ढिलो भएका कर्जाहरु ऋणीको घरमा सुरक्षागार्ड नै राखेर मानसिक यातना र सामाजिक बेइज्जती गर्ने गरेका घटना बाहिर आएपनि राष्ट्र बैंक किन बौल्दैन । गभर्नर साब । बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको प्रमाणित भइ सकेको छ ।

बैंकले गुमाउँदै छ जनविश्वास
उसो त एनआईसी एसिया बैंकले जनविश्वास गुमाउँदै गएको छ । बैंकले ओभर भ्यालुएसन गरेर ग्राहकलाई कर्जा दिने र कर्जाको किस्ता बुझाउन केही ढिला भएपछि धितो लिलामीको नाममा जफत गर्ने गरेको छ । यस्तै बैंक तथा वित्तीय संस्थामध्ये एनआईसी एसिया बैंकले ऋणको घरजग्गा कब्जा गरेपछि सबैभन्दा बढी मुद्दा खेपिरहनु परेको प्रस्टै देखिन्छ । किस्ता तिर्न ढिलो भएका कर्जाहरु ऋणीको घरमा सुरक्षागार्ड नै राखेर मानसिक यातना र सामाजिक बेइज्जती गर्ने गरेका घटना बाहिर आएपनि राष्ट्र बैंक किन बौल्दैन । गभर्नर साब । बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको प्रमाणित भइ सकेको छ । ऋण स्वीकृत गरेको ब्यक्तिको रकम आफैँ निकालेर अपचलन गरेको घटनाले समेत बढेको देखिन्छ । गभर्नर साब हेक्का होस् । एनआईसी एशिया बैंक भित्र यति बेला वेतिथी बढेको छ कि यसको भित्रीकुरा बुझेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी किन यस बैंकलाई बचाउँदै आएका छन् । यसको आर्थिक बजार न्युजडटकमले खोजी तिव्ररुपमा शुरु गरेको छ । हेक्का होस् । सचेत भया ।

1620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका