जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • ज्ञानेन्द्रलाल प्रधानलाई धितोपत्र बोर्डको कार्वाही, ७५ हजार रुपैयाँ जरिवाना, १० बर्षसम्म कम्पनीको संचालक हुन नपाउने !

ज्ञानेन्द्रलाल प्रधानलाई धितोपत्र बोर्डको कार्वाही, ७५ हजार रुपैयाँ जरिवाना, १० बर्षसम्म कम्पनीको संचालक हुन नपाउने !

गैरकानुनी रुपमा सेयर बिक्री गरेको पुष्टि भएपछि नेपाल धितोपत्र बोर्डले ज्ञानेन्द्रलाल प्रधानलाई कार्वाही गरेको छ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तत्कानीन अध्यक्ष प्रधानले आफू कम्पनीको अध्यक्ष पदमा रहँदै नियम विपरित सेयर बिक्री गरेको पुष्टी भएपछि बोर्डले उनालाई कारबाही गरेको हो ।

आइतबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले प्रधानलाई ७५ हजार रुपैयाँ जरिवाना र १० बर्षसम्म कुनै पनि सूचिकृत संस्थाको सन्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नपाउनेगरी कारबाही गरेको बोर्डले पुष्टि गरेको छ । यसघि हिमालयन डिस्टिलरीका संचालकलाई पनि बोर्डले यहि प्रकृतिको कार्वाही गरेको थियो ।

केहि दिन अघिमात्र बोर्ड अध्यक्ष रमेश हमालले गलत काम गर्नेलाई नछोड्ने दोहोर्‍याएका थिए । उनकै पहलमा यस अघि नियमविपरित सेयर बेचेको भन्दै बोर्डले गुरु न्यौपानेलाई कार्वाही गरेको थियो । न्यौपानेविरुद्ध बोर्डले काठमाडौं जिल्ला अदालतमा मुद्धासमेत दायर गरेको छ । प्रधानको फाइल भने सरकारी वकिलको कार्यलयमा पुगेको छ । केही दिनपछी उनीकिरुद्ध पनि जिल्ला अदालतमा मुद्धा दायर हुनेछ ।

रमेश हमाल बोर्ड अध्यक्ष भएर आएपछि गलत काम गर्नेलाई कार्वाही हुने क्रम बढेको छ । यसअघि गलत गरेको प्रमाण हुँदा पनि छानविन नै अघि नबढाउने, फाइल लुकाउने जस्ता काम बोर्डमा हुँदा गलत गर्नेहरुको मनोबल बढेको थियो ।

1190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका