जोडिनुहोस
आइतवार, मंसिर २, २०८१
आइतवार, मंसिर २, २०८१
  • होमपेज
  • भरतपुरको गीतानगरमा कृषि विकास बैंकको २७१ औं शाखा

भरतपुरको गीतानगरमा कृषि विकास बैंकको २७१ औं शाखा

कृषि विकास बैंकले भरतपुर महानगरपालिका वडानम्बर ६ गीतानगर बजारमा नयाँ शाखाको विधिवत उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।  गाउँघरमा सहज बैकिङ्ग सेवा दिने लक्ष्यका साथ मंसिर १ गते आयोजक एक कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य सञ्जिव पौडेलले दीप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन गरेका हुन् ।

सो कार्यक्रमको कार्यक्रमको बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अध्यक्षता ग्रहण गरेका थिए ।  ‘साझा समृद्धिका लागि सबैको रोजाई बैक’ भन्ने दूरदृष्टिका साथ बैकको २ सय ७१ औं र चितवन जिल्लाको १० औं शाखाको रुपमा गीतानगर शाखा उद्धघाटन गरेको बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए ।  बैंकबाट सुनदेखि नुनसम्म, हलोदेखि हाईड्रोसम्ममा लगानी भईरहेको र हाल वित्त बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकोले सेवा लिन गुरुङले आह्वान गरे ।  शाखा उद्घाटन गरिएको यो क्षेत्र कृषिका लागि प्रचूर सम्भावना बोकेको क्षेत्र भएकोले सहुलियतपूर्ण कर्जाको उपयोग गरी व्यवसायिक कृषितिर लाग्न सर्वसाधारणलाई बैंक सञ्चालक समिति सदस्य पौडेलले आग्रह गरे । 

बैंकका करिब पाँचलाख मोवाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसाबले आकर्षक इन्टरफेससहित मोवाईल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस जारी गरी सेवा दिइरहेको प्रमुख कार्यकारी अधिकृत गुरुङले बताएका थिए ।  उद्धघाटन कार्यक्रममा बैंकको गीतानगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेक बुक क्यूआर कोर्ड, पहिलो कर्जाग्राही विष्णुमाया गौतम र चाँदनी खरेल लगायतलाई बैंकको तर्फबाट फूलमालासहित सम्मान गरिएको बैकका गीतानगर शाखा प्रबन्धक सागरप्रसाद शर्माले जानकारी दिए ।  कार्यक्रममा स्थानीय लब्धप्रतिष्ठितहरुको पनि सहभागिता थियो ।

5
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका