जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • कोहलपुरमा विद्युतीय शवदाह गृह बनाउन ग्लोबल आईएमई बैंकको २० लाख सहयोग

कोहलपुरमा विद्युतीय शवदाह गृह बनाउन ग्लोबल आईएमई बैंकको २० लाख सहयोग

ग्लोबल आईएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ग्लोबल आईएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगीता सुवेदीलाई एक समारोहका बीच सहयोग हस्तान्तरण गरेकी हुन् ।

कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विधुतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका-११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विद्युतीय शवदाह गृह निर्माणको काम सुरु भइरहेको कार्यबाहक नगर प्रमुख सुवेदीले जानकारी दिइन् । यस सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको सिवाकोटीले बताइन् । बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरू छनोट गरी काम गरीरहेको छ ।

1515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका