जोडिनुहोस
बिहिबार, मंसिर २७, २०८१
बिहिबार, मंसिर २७, २०८१
  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्डको पहिलो नेपाली सीईओ बने गोरखशम्शेर राणा

स्ट्याण्डर्ड चार्टर्डको पहिलो नेपाली सीईओ बने गोरखशम्शेर राणा

स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरखशम्शेर राणा नियुक्त भएका छन् । ​बैंकको सञ्चालक समिति बैठकले राणालाई १ जनवरीदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरेको हो ।

उनी यस बैंकको पहिलो नेपाली सीईओ हुनेछन् । हाल उनी डेपुटी सीईओको भूमिकामा रहँदै आएका छन् ।​ ​अनिर्वन घोष दस्तिदारको कार्यकाल सकिएसँगै राणा सीईओमा नियुक्त भएका हुन् । दस्तिदार अब बोर्डको विशेष सल्लाहकार हुनेछन् ।

तीन दशकको बैंकिङ अनुभव सँगालेका राणासँग स्ट्याण्डर्डमा हुँदा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा रहेर काम गरेको अनुभव छ ।

35
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?