जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • हिमालयन एयरलाइन्सले शुरु गर्‍यो नेपाल–ल्हासा सिधा उडान,मन्त्री किरातीले गरे उद्घाटन

हिमालयन एयरलाइन्सले शुरु गर्‍यो नेपाल–ल्हासा सिधा उडान,मन्त्री किरातीले गरे उद्घाटन

नेपाल–ल्हासा सिधा हवाई उडान सुरु भएको छ । हिमालयन एयरलाइन्सले बिहीबारदेखि काठमाण्डौबाट लासा नियमित उडान सुरु गरेको हो ।

यो सेवा बिस्तारलाई कम्पनीले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवरद्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको बताएको छ ।

काठमाण्डौ–ल्हासा उडान उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चीन र नेपालको सम्बन्धमा नेपाल- ल्हासा सिधा हवाई उडान दोस्रो सेतुको रुपमा स्थापित भएको बताए ।

नेपाल र चीनबिचको सम्बन्धमा केही ऐतिहासिक व्यक्तिले कोश ढुङ्गाको काम गरेका उनले बताए । चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी सहर,ल्हासाउच्चहिमालय क्षेत्रमा रहेको सांस्कृतिक र आध्यात्मिक केन्द्र हो ।

नयाँ काठमाण्डौ–ल्हासा–काठमाण्डौ रुटले यात्रुहरूलाई नेपालको जीवन्त राजधानी सहर काठमाण्डौ र ऐतिहासिक रूपले समृद्ध एवम् रमणीय सहर ल्हासाका बीचमा सहजयात्राको विकल्प प्रदान गर्ने पनि कम्पनीले बताएको छ ।

सो अवसरमा चीनियाँ दूतावासकाउपप्रमुख वाङ जिनरलगायतका अन्य विशिष्ट व्यक्तिहरूलाई कम्पनीका अध्यक्ष झोउ एनयोङले स्वागत गरेका थिए ।

740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका