जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • हिमालयन लाइफद्वारा जनता धन माध्यमिक विद्यालयका विद्यार्थीलाई सहयोग

हिमालयन लाइफद्वारा जनता धन माध्यमिक विद्यालयका विद्यार्थीलाई सहयोग

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा पर्बतले जनता धन माध्यमिक विद्यालयका सम्पुर्ण इसीडीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

कार्यक्रममा कम्पनीका गण्डकी प्रदेश उप प्रमुख बलराम गौतमले मन्तव्य राखेका थिए । कुश्मा शाखाका प्रमुख बलराम आचार्य र उक्त शाखाका अपरेसन इन्चार्ज जीवन पोख्रेल, एजेन्सी म्यानेजरहरु अमृता पुरी गिरी ,पार्बती कुमारी शर्मा , याम कुमारी पौडेल लामिछाने र जनप्रतिनिधि बाग्लुङ नगरपालिका १४ कि वडा सदस्य चन्द्रा सुनार लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम व्यवस्थापनको समन्वय कम्पनीका वित्त विभागमा कार्यरत कर्मचारी सुबास पौडेलले गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ कुमार पौडेलले यस्तो महान कार्य गरेकोमा कम्पनीप्रति आभार ब्यक्त गर्दै आगामी दिनमा कम्पनीको थप प्रगति अपेक्षा गरे ।

2055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?