जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नामी कलेजको दीक्षान्त समारोह सम्पन्न, १२० जना विद्यार्थीले पाए बेलायति डिग्री

नामी कलेजको दीक्षान्त समारोह सम्पन्न, १२० जना विद्यार्थीले पाए बेलायति डिग्री

नया आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट(नामी)को दीक्षान्त समारोह सम्पन्न भएको छ । काठमाण्डौको बानेश्वरमा े फागुन १५ गत बेलायतको युनिभर्सिटी अफ नर्थ ह्याम्पटनबाट सम्बन्धन प्राप्त नामीको स्नातक तहको दीक्षान्त समारोह सम्पन्न भएको हो ।  

उक्त समारोहमा स्नातक तहमा २०२० मा भर्ना भएका विद्यार्थीहरु दीक्षित भएका छन् । दीक्षान्त समारोहमा ब्याचलर अफबिजनेस एडमिनिस्ट्रेटिभ (बीबीए), बीएस्सी इन्भायरोन्मेन्ट साइनस, बीएस्सी कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ र नेटवर्क इन्जिनियरिङका १२० विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।  

दीक्षित विद्यार्थीलाई समारोहका प्रमुख अतिथि नेपालका लागि बेलायतका राजदूत रब फेनले स्नातक उपाधि हस्तान्तरण गरेका थिए  । दीक्षान्त समारोह कलेजका अध्यक्ष डा.आरजु राणा देउवाको सभापतित्वमा सम्पन्न भएको थियो ।  

नामीमा अध्ययन गर्ने विद्यार्थीले विश्वका उत्कृष्ट मध्येमा पर्ने बेलायती विश्वविद्यालयको शैक्षिक कार्यक्रममा सहभागी भई डिग्री हासिल गर्न पाउने कलेजले जनाएको छ ।  

3040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?