जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • एसबिआई बैंकले जफत गर्‍यो ओएसिस मेडिकल कलेजको सम्पत्ति

एसबिआई बैंकले जफत गर्‍यो ओएसिस मेडिकल कलेजको सम्पत्ति

पाल एसबिआई बैंकले ओएसिस मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरलाई गैर बैंकिङ सम्पत्ति खाली गर्न ताकेता गरेको छ । बैंकको चितवनस्थित नारायणगढ शाखा कार्यालयबाट ओएसिस मेडिकल कलेजले कर्जा लिएर चुक्ता नगरेपछि गैर बैंकिङ सम्पत्ति खाली ताकेता गरेको हो ।

मेडिकल कलेजले परियोजना (आवधिक) कर्जा, क्यास क्रेडिट कर्जा, अल्पकालीन आवधिक डिमाण्ड कर्जा र हायर पर्चेज कर्जा शिर्षकमा कर्जा लिएको बैंकले जनाएको छ । बैंकका अनुसार ओएसिस मेडिकल कलेज ऋणी हो भने मनोजकुमार चौधरी, हेमकुमारी चौधरी, जुली चौधरी, मिली चौधरी र मर्भिन ओएसिस चौधरी जमानीकर्ता हुन् । मनोज मेडिकल कलेजका अध्यक्ष हुन् भने हेम कुमारी प्रशासनिक प्रमुख हुन् ।

कर्जाको साँवा, ब्याज लगायत अन्य दस्तूर, बैंकसँग गरेको शर्त कवुलियत तथा ऋण स्वीकृत पत्रमा उल्लेख भएको व्यवस्था बमोजिम बैंकलाई समय समयमा तिर्न बुझाउनु पर्ने हो । कर्जाको साँवा व्याज लगायत सम्पूर्ण कर्जा रकम चुक्ता भुक्तान गर्न पटक पटक लिखित एवं मौखिक ताकेता गर्दा समेत कुनै चासो नदेखाएको बैंकको गुनासो छ ।

बेवास्ता गरी बैंकलाई तिर्नु पर्ने रकम नतिरेको र कर्जा लिँदा भएका शर्त उल्लङ्घन गरेकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम धितोमा रहेको सम्पत्ति बैंकले गैर बैंकिङ्ग सम्पत्तिमा सकार गरिसकेको जनाएको छ । त्यसैले बैंकको नाममा रहेका सम्पत्ति १५ दिनभित्र खाली गर्न ताकेता गरेको छ ।

1090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका