जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको सपथ

अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको सपथ

अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा सपथ ग्रहण गरेका छन् ।

उनले बिहीबार प्रधानन्यायाधीश प्रकाशमान सिंहसमक्ष सपथ लिएका हुन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित कार्यक्रममा उनले सपथ लिएको राष्ट्र बैंकले जनाएको छ ।

अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंक सञ्चालक समिति सदस्य रहने प्रावधान छ । उपाध्यायलाई सरकारले हालै अर्थ सचिवको जिम्मेवारी दिएको हो ।

2045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?