जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • कर्जा खरिद बिक्री गर्दा सो बराबरको रकम अनिवार्य खरिदकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाबमा राख्नुपर्ने

कर्जा खरिद बिक्री गर्दा सो बराबरको रकम अनिवार्य खरिदकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाबमा राख्नुपर्ने

बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा उर्जा क्षेत्रमा प्रवाहित कर्जालाई अर्को वित्तीय संस्थामार्फत व्यवस्थापन गर्न एक आपसमा खरिद/बिक्री गर्न सक्नेछन् । यसरी पुनः खरिद व्यवस्था अनुसार कर्जा खरिद बिक्री गर्दा सो कर्जा बराबरको रकम अनिवार्य रुपमा लेनदेन गरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाबमा अभिलेख जनाउनुपर्नेछ ।

राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०८१ मा संशोधन, परिमार्जन तथा थप गर्दै यस्तो व्यवस्था गरेको हो । उक्त खरिद गरिएको कर्जा खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले मात्र तोकिएको क्षेत्रमा प्रवाहित कर्जाको रुपमा गणना गर्न पाउनेछ ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा उर्जा क्षेत्रमा प्रवाहित कर्जालाई अर्को वित्तीय संस्था मार्फत व्यवस्थापन गर्न एक आपसमा खरिद/बिक्री गर्न सक्ने थिए । सुरुवातमा कर्जा प्रवाह गर्ने संस्थाले नै ग्राहकसँगको सम्बन्ध व्यवस्थापन गर्ने गरी गरिएको खरिद/बिक्रीमा ग्राहकको सहमति आवश्यक पर्ने थिएन ।

1995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका