जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • स्रोत नखुलेको ३२ लाख ३५ हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको ३२ लाख ३५ हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

सर्लाहीको मलंगवा नगरपालिका-६ खुटौनास्थित सडकबाट स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको सीतामढी थाना कुनौली बस्ने ४० वर्षीय शम्भु कुमार साह रहेका छन्।

साह आइतबार बिहान ३२ लाख ३५ हजार ४ सय ४० नेपाली रुपैयाँ र २ हजार १ सय ४० भारतीय रूपैयाँसहित पक्राउ परेका हुन्। प्रहरी चौकी खुटौनाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०६ सीटी २४२२ नम्बरको मोटरसाइकलमा सवार उनको साथमा उक्त रकम फेला परेको हो। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

1510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका