जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • बालाजुमा ८ वर्षदेखि किर्ते कागजपत्रको धन्दा, नक्कली कागजात बनाएर बैंकबाट ऋण !

बालाजुमा ८ वर्षदेखि किर्ते कागजपत्रको धन्दा, नक्कली कागजात बनाएर बैंकबाट ऋण !

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली कागजपत्र बनाउने समूहलाई पक्राउ गरेको छ। काठमाडौंको तार्केश्वर नगरपालिका-७ बालाजु फुटुङमा कोठा भाडा लिएर नक्कली कागजपत्र बनाउने समूहलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा गोरखा घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाका २८ वर्षीय निर्मल खड्का र मकवानपुरका २३ वर्षीया अन्जु खत्री छन्।

अन्जनीको योजनामा विगत ८ वर्षदेखि नक्कली कागजपत्रको कारोबार हुने गरेको देखिएको छ। उनीहरूले विभिन्न ठाउँमा कोठा सारेर कारोबार गर्ने गरेको देखिएको छ।

उनीहरूले विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जग्गाधनीपुर्जा लगायत आवश्यकता अनुसार कागजपत्र बनाउने गरेको देखिएको छ। पक्राउ परेका खड्का र खत्री भने अन्जनीकहाँ काम गर्नेहरु हुन्। उनीहरूलाई १० हजार र १५ हजार रुपैयाँ तलब दिने गरेको अनुसन्धानमा खुलेको छ।

उनीहरूले विदेश जानको लागि आवश्यक पर्ने नक्कली विवाह दर्ता र वडा कार्यालयको सिफारिस पत्र समेत बनाउने गरेका थिए।

1370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्