जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • लक्ष्मी सनराइज र आइएफसीबीच जोखिम व्यवस्थापन सुदृढीकरण र दिगो वित्त प्रवर्धनका लागि साझेदारी 

लक्ष्मी सनराइज र आइएफसीबीच जोखिम व्यवस्थापन सुदृढीकरण र दिगो वित्त प्रवर्धनका लागि साझेदारी 

लक्ष्मी सनराइज बैंकले आफ्नो संचालन प्रभावकारिता अभिवृद्धि र दिगो विकास तर्फ महत्त्वपूर्ण कदम चाल्दै इन्टरनेश्नल फाइनान्स कर्पोरेसन (आइएफसी) सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ।

यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र संचालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनेका साथसाथै जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवर्धन गर्ने गरि दुई मुख्य क्षेत्रहरुमा आफ्नो पहल केन्द्रित गर्ने जनाइएको छ।

यस सम्झौता पत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन्।

यो साझेदारीले लक्ष्मी सनराइज बैंकको दिगोपनको आधार निर्माण, जोखिम व्यवस्थापनमा सुधार ग्राहकहरूको दीर्घकालीन हितलाइ प्राथमिकता दिने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।

1460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?