जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • एनआईसी एशिया र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, ग्राहकलाई होटल तथा रेस्टुरेन्टमा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, ग्राहकलाई होटल तथा रेस्टुरेन्टमा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकले ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले सिद्धार्थ हस्पिटालिटी समूहसँग सहकार्य सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीअन्तर्गत सञ्चालित देशभरिका २२ होटल तथा रेस्टुरेन्टहरूमा अधिकतम २० प्रतिशतसम्म छुट पाउने छन् ।

यस सम्झौता अन्तर्गत खाद्य तथा पेय पदार्थमा अधिकतम १० प्रतिशत र आवास सेवामा अधिकतम २० प्रतिशतसम्मको छुट लागू हुने बैंकले जनाएको छ । उक्त छुट एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा प्राप्त गर्न सकिनेछ ।

छुट प्राप्त गर्न सकिने आउटलेटहरू
सिद्धार्थ होटल न्यू आनन्द (महेन्द्रनगर), सिद्धार्थ होटल (टिकापुर, कैलाली), सिद्धार्थ विलासा (भैरहवा), होटल सिद्धार्थ (नेपालगञ्ज), सिद्धार्थ कटेज (बुटवल), वाटर टावर होटल (नुवाकोट), ग्राण्ड सिटी होटल (बिर्तामोड), बुटिक होटल (बौद्ध), सनी रिसोर्ट (सुर्खेत), चिसापानी रिसोर्ट (कैलाली), होटल नारायणघाट, वाइल्डलाइफ रिट्रिट (मेघौली), विलासा बन्दास (सौराहा), रिभरसाइड रिसोर्ट (चुम्लिङटार) लगायतका होटल तथा एस क्याफे र रेस्टुरेन्टहरूमा यो छुट लागू हुनेछ । यस सहकार्यबाट बैंकका ग्राहकहरूलाई थप सहज बनाउने तथा देशभर घुम्दा लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका