जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • ज्योति विकास बैंक लिमिटेडको १७औं वार्षिकोत्सव समारोह सम्पन्न

ज्योति विकास बैंक लिमिटेडको १७औं वार्षिकोत्सव समारोह सम्पन्न

ज्योति विकास बैंकले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सव विविध कार्यक्रमसहित भव्य रुपमा सम्पन्न गरेको छ। साथ वि.सं. २०६५ सालको श्रावण ०९ गते स्थापना भएको बैंकले शुक्रबार गौरवमय १७ वर्षको यात्रा पार गरी १८औं वर्षमा प्रवेश गरेको हो।

बैंकको प्रधान कार्यालय परिसरमा आयोजित समारोहको अध्यक्षता बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरेका थिए । कार्यक्रममा सञ्चालक समिति सदस्य, भूतपूर्व अध्यक्ष तथा सञ्चालकहरू, बैंकका वरिष्ठ पदाधिकारी र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अध्यक्ष खड्काले दीप प्रज्वलन गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए ।

यस अवसरमा बैंकले २४ घन्टा सेवा दिने एआई च्याटबट ‘ज्योति’ सार्वजनिक गरेको छ, जसले ग्राहकलाई सहज इन्टरफेस र बहुभाषिक सुविधा मार्फत तत्काल बैंकिङ जानकारी प्रदान गर्नेछ। साथै, बैंकले Interbank Teller QR सेवा सुरू गरेको छ, जसले खाता नभएका व्यक्तिलाई पनि मोबाइल बैंकिङ एप वा खल्ती वालेट प्रयोग गरी नगद झिक्न सक्ने सुविधा प्रदान गर्नेछ।

वार्षिकोत्सवकै दिन बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत चारवटा विशेष कार्यक्रम सार्वजनिक गर्‍यो। तिलगंगा अस्पतालसँगको सहकार्यमा सप्तरीको कञ्चनरुपमा आँखा उपचार तथा मोतिविन्दु शल्यक्रिया, राष्ट्रिय आविष्कार केन्द्रसँगको साझेदारीमा १० वटा ‘न्यानो नानी’ बेबी वार्मर दुर्गम स्वास्थ्य संस्थामा जडान, ई-नेबल नेपालसँग मिलेर १७ जना फरक क्षमताका बालबालिकालाई 3D प्रविधिबाट कृत्रिम हात प्रदान र लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा सातै प्रदेशमा १,७०० वृक्षारोपण गरिनेछ।

बैंकले ‘Jyoti’s Got Talent’ को दोस्रो संस्करण आयोजना गर्दै कर्मचारी तथा तिनका बालबालिकाको प्रतिभा उजागर गरेको छ। उत्कृष्ट प्रतिभालाई ट्रफी, प्रमाणपत्र र प्रशंसा पत्र प्रदान गरिएको थियो। सोही अवसरमा बैंकले आफ्नो संस्थागत गीत (Corporate Anthem) सार्वजनिक गरेको छ, जसले बैंकको मूल्य, दर्शन र उद्देश्यलाई संगीतमार्फत जीवन्त ढंगले प्रस्तुत गर्दछ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम र स्वास्थ्य परीक्षण शिविर पनि आयोजना गरेको थियो। कार्यक्रममा ५५ जना कर्मचारी, ग्राहक र सर्वसाधारणले रक्तदान गरेका थिए। स्वास्थ्य शिविरमा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष खड्काले ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी र शुभेच्छुकलाई धन्यवाद दिँदै सामाजिक समृद्धि र कर्मचारी विकासमा निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाउनुभयो। प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले संस्थापक, कर्मचारी र ग्राहक वर्गलाई आभार व्यक्त गर्दै बैंकका उद्देश्य, उपलब्धि र आगामी योजना प्रस्तुत गर्नुभयो।

अन्य अतिथिहरूले पनि बैंकसँगको सहकार्यप्रति कृतज्ञता व्यक्त गर्दै बैंकको पहलले सामाजिक रूपान्तरणमा योगदान पु-याउने विश्वास व्यक्त गरे।

ज्योति विकास बैंकले हाल देशभर १२१ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत सेवा दिँदै आएको छ। बैंकले भविष्यमा पनि सामाजिक उत्तरदायित्वमा प्रतिबद्धता जारी राख्ने तथा नवीनतम प्रविधिमार्फत बैंकिङ सेवा प्रवाह गर्ने अठोट दोहोर्‍याएको छ।

735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका