जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • आइएमई लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न भएको छ।

कम्पनीले आयोजना गरेको फुटसल प्रतियोगितामा कर्पाेरेट कार्यालय, शाखा कार्यालय र व्यवस्थापन समूहका कर्मचारीबीच मैत्रिपूर्ण प्रतियोगिता भएको थियो।

कम्पनीले ‘खेलकूद मार्फत् स्वास्थ्य, एकता र ऊर्जा’ भन्ने मूल नाराका साथ आयोजना गरेको उक्त प्रतियोगितामा कम्पनीका विभिन्न विभाग र शाखाका कर्मचारीहरूले उत्साहपूर्ण सहभागिता जनाएका थिए।



कार्यक्रमको उद्देश्य कर्मचारीबीच आपसी समन्वय, टीमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै कार्यस्थलमा ऊर्जा र उत्साह थप्नु रहेको कम्पनीले जनाएको छ।

उक्त फुटसल प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक (कीपर) र शीर्ष गोलकर्तालाई पुरस्कार समेत प्रदान गरिएको थियो।



कम्पनीका सीईओ पवनकुमार खड्काले खेलकूद केवल मनोरञ्जन मात्र नभई यसले टीम भावना, आत्मविश्वास र स्वास्थ्यलाई मजबूत बनाउने भएकाले खेलकूदको महत्व दर्शाउदै कार्यक्रमको समापन गरेका थिए।

1940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?