जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • जेनजीको आन्दोलनले बन्द सेयर बजार असोज ५ गते मात्र खुल्ने

जेनजीको आन्दोलनले बन्द सेयर बजार असोज ५ गते मात्र खुल्ने

जेनजीको आन्दोलनका कारण बन्द रहेको सेयर बजार असोज ५ गते मात्र खुल्ने भएको छ। नेपाल स्टक एक्सचेन्जले शुक्रबार सेयर बजार असोज २ गतेसम्म बन्द रहने सूचना निकालेको छ।

असोज ३ गते शुक्रबार परेकाले कारोबार हुँदैन। त्यसमाथि त्यो दिन संविधान दिवसका कारण सार्वजनिक बिदा परेको छ।

४ गते शनिबार भएकाले बजार खुल्दैन। नेप्सेले २ गतेसम्म बन्द हुने सूचना निकाले पनि सेयर बजार असोज ५ गते मात्र खुल्ने भएको छ। जेनजीको प्रदर्शनका कारण कर्फ्यू लगाइएकाले सेयर बजार भदौ २४ देखि बन्द छ।

600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका