जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्टले कूल बिक्री रकमको १% सहयोग गर्ने

पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्टले कूल बिक्री रकमको १% सहयोग गर्ने

ओम शिवम पाइप्स एण्ड फिटिङ्स तथा मेरीगोल्ड फर्निचर अन्तर्गतको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले जेनजी प्रदर्शनका क्रममा तहसनहस भएका संरचना बनाउन सहयोग गर्ने भएको छ। कम्पनीले आगामी ३ महिनासम्मको आफ्नो कूल बिक्री रकमको १ प्रतिशत ‘राष्ट्र पुनर्निर्माण’ का लागि भन्दै समर्पण गर्ने निर्णय गरेको हो।

‘हाम्रा संरचना हामी आफैं बनाउँछौं’ भन्ने नेपालको राष्ट्रिय नारालाई आत्मसात गर्दै कम्पनीले आफ्नो उत्पादनको बिक्रीबाट प्राप्त रकमको एक अंश पुनर्निर्माणमा खर्च गर्न लागेको हो। यसमार्फत क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसँगै देशभर आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा फैलिने विश्वास रहेको कम्पनीका प्रबन्ध निर्देशक श्री अञ्जनी नन्दन मारुले बताए।

‘यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो। हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं। यही हाम्रो दायित्व र प्रतिबद्धता हो,’ उनले भने।

निकट भविष्यमा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने तयारीमा रहेको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले यस सहयोगमार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउन जनाएको छ।

1345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका