जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मुद्दा मामिला गर्दै हिँडेका बैंक र बैंकर बिरुद्ध फेरि मर्जरको डण्डा

मुद्दा मामिला गर्दै हिँडेका बैंक र बैंकर बिरुद्ध फेरि मर्जरको डण्डा

मर्जरको पाटो चटक्कै बिर्सिएर राष्ट्र बैंकका पछिल्ला निर्देशन बिरुद्ध मुद्दा मामिलामा पुगेका बैंकहरुसंग आक्रोशित राष्ट्र बैंकले मर्जर गर्न फेरी २८ वाणिज्य बैंकहरुलाई ताकेता शुरु गरेको छ भन्दा पत्याउन गाह्रँे होला । तर, यो सत्य हो ।

नियमक निकाय राष्ट्र बैंकका निर्देशन बिरुद्ध मुद्दा मामिलामा गएर आफ्नो पद सुरक्षित गरेका केही सीइओ र दर्जनौ सञ्चालक बिरुद्ध राष्ट्र बैंक कडा रुपमा अगाडी आउने संकेत देखापर्न थालेको छ ।

गर्भनर डा. चिरनजीवी नेपालले भनेः– अहिले बैंकहरुको एटिएमबाट पैसा चोरी भएको छ । यसमा पनि बैंकहरुकै कमजोरी देखिन्छ । पैसाको रक्षा गर्ने काम बैंकको हो कि होइन ?

उनीले थपेः– निर्देशन बिरुद्ध मुद्दा मामिला गर्नेहरुले पैसाको सुरक्षा गर्न सक्नुपर्दछ । दोष अरुलाई देखाएर बैंकहरुले पन्छिन पाउदैनन् ।
नेपाल राष्ट्र बैंकले मर्जरको प्रतिबद्धता मागेर मौद्रिक नीति मार्फत प्रोत्साहन गर्ने दर्जनौ सुविधा दिएको थियो ।

तर, अहिले बैंकहरु मर्जरमा आउन अटेर गरिरहेका छन् । यो नियम निकायलाई हेप्ने र निर्देशनको पालना नगर्ने परम्परा हो भन्न सकिन्छ । राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

उच्च स्रोत भन्दछः– आफैले मर्जर गर्दछौं भनी प्रतिबद्धता व्यक्त गर्ने, प्रगति विवरण नपठाउने, मुद्धा मामिला गर्ने अनि ठूला कुरा गर्ने । यो कस्तो बैकिङ्ग हो । २२ वटा वाणिज्य बैंकहरुले मर्जर गर्दछौ भनी प्रतिबद्धता व्यक्त गरेका थिए । जसमध्ये जनता बैंक र ग्लोबल आईएमई बैंकले मात्रै मर्जरको पहिलो सम्झौता गरि राष्ट्र बैंकमा बुझाएका छन् ।

राष्ट्रबैंकको नियमन विभागले सबै वाणिज्य बैंकहरुलाई गत बिहीबार ‘सर्कुलर’ पठाउँदै अबको ७ दिनभित्र मर्जरको स्पष्ट कार्ययोजना पेश गरिसक्न निर्देशन दिएको हो । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले आर्थिक बजार न्यूजडटकमसंग बताए ।

उनीले भनेः– राष्ट्रबैंकले यसअघि मागेअनुसार मर्जरको प्रतिबद्धता पेश गर्ने बैंकहरुलाई ७ दिनभित्र सम्भावित मर्जर पार्टनरसहितको स्पष्ट कार्ययोजना पेश गर्न भनेको छ ।

अहिलेसम्म पनि मर्जरका लागि प्रतिबद्धता नपठाएका बैंकहरुलाई स्पष्टीकरण सोध्दै ७ दिनभित्रै जवाफ पठाउन र मर्जरका लागि प्रष्ट कार्ययोजना बनाई लिखित रुपमा पेश गर्न निर्देशन दिएको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

उच्च स्रोत भन्दछः– अब पनि मर्जर कार्ययोजना पेश नगर्ने वा प्रतिबद्धता नपठाउने बैंकहरुको नामै तोकेर फोर्स मर्जरमा लैजाने प्रस्टै योजना छ । राष्ट्रबैंकलाई अटेर गर्ने बैंकहरुले ‘फोर्स मर्जर’का लागि तयार भएर बसे हुन्छ ।

राष्ट्रबैंकले दिएको पछिल्लो निर्देशनमा संसोधन हुनुपर्ने माग गर्दै नेपाल बैंकर्स संघ र डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अधिकारीहरुले मन्त्रालय तहसम्मै लविङ गर्न थालेपछि पछिल्लो समय गभर्नर डा. नेपाल बैंकर प्रति आक्रोशित छन् । उनले आफ्नो बहिर्गमन हुने बेलासम्म मर्जरको नीति जुनसुकै हालतमा सफल गराएरै छाड्ने रणनीति लिएको देखिन्छ । गर्भनर डा. नेपालको रणनीतिका कारण पछिल्लो समय राष्ट्रबैंक पुनः मर्जरको वातावरण बनाउन तातेको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

राष्ट्रबैंकले एकाएक ७ दिने अल्टिमेटमसहित सर्कुलर पठाएपछि बैंकका संचालक र सीइओहरु पुनः तनावमा देखिएका छन् । उनीहरु रातदिन नभनी संभावित मर्जर पार्टनर खोज्न व्यस्त रहेको देखिन्छ ।

२८ वाणिज्य बैंक र केही विकास बैंकहरुलाई मर्जरमा लैजान जे जस्तो कदम चाल्न पनि राष्ट्र बैंक तयार देखिएको छ । राष्ट्र बैंक सकारात्मक रहदा रहदै नियमक निकाय बिरुद्ध मुद्दा मामिला गर्ने र जीवनभरी जागिर खानेहरुलेनै मर्जरको प्रतिबद्धता दिएका हुन् । के हो प्रतिबद्धता पूरा गर्नु पर्दछ कि पर्दैन । राष्ट्र बैंकका एक डिपुटी गर्भनरले आक्रोशित हुँदै बताए ।

10850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका