
इलाममा बाढी पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ | प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलका अनुसार सूर्योदय नगरपालिका १ माने भङज्याङमा ५ जना, माङसेवुङ १ पाटी गाउँमा ३ जना, देउमाई नगरपालिका ५ धारेमा १ जना, देउमाई ५ धुसुनेमा २ जना, फाकफोक गापा ३ रातमाटेमा १ जना र इलाम नपा ५ घोसगाउँमा ६ जनाको मृत्यु भएको हो ।
इलाम नगरपालिका ६ घोसामा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिँदा एकै परिवारको ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका स्थानमा घर पुरिएको प्रारम्भिक विवरण आएको छ । तर कठिन भूगोलका कारण प्रहरी पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको प्रहरी जनाएको छ ।यसैगरी माईजोगमाई गाउँपालिका–६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना पहिरोमा बेपत्ता छन् ।
त्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन् । माङ्सेबुङमा पनि पहिरोमा ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।इलाममा ठूलो मानवीय क्षति भएको तर वास्तविक तथ्याङक आइनपुगेको प्रवक्ता पोखरेलले बताए।त्यसैगरी उदयपुरको वेलका नगरपालिका–४ लालबजारस्थित कजवेमा आएको बाढीले यात्रुबाहक माइक्रो बस बगाउँदा एक महिला बेपत्ता भएकी छिन्।मोरङको रंगेलीबाट काठमाडौं जाँदै गरेको र बाटो बन्द भएपछि फर्किने क्रममा माइक्रो बसलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदारमान दोङले जानकारी दिए।मध्यरातमा भएको उक्त घटनामा चालकसहित २२ जना यात्रु सवार थिए ।
बेपत्ता भएकी अन्दाजी ४५ वर्षीया महिलाको पहिचान खुल्न सकेको छैन। बसमा सवार अन्य यात्रुहरू सकुशल छन् भने एक जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।इलामका विभिन्न स्थानमा पहिरोमा परि मृत्यु हुनेको संख्या१) सुर्योदय नपा १ मानेभञ्ज्याङ ५ जना मृत्यु ।२) २ माङसेवुङ गापा १ पाटिगाउमा ३ जना मृत्यु ।३) देउमाई नपा ५ धारे १ जना मृत्यु ।४) देउमाई नपा ५ धुसुने २ जना मृत्यु ।५) फाकफोकथुम गापा ३ रातमाटे १ जना मृत्यु ।६) ईलाम नपा ५ घोसगाउ ६ जना मृत्यु ।जम्मा १८ जना
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































