जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • राष्ट्र बैंकको निर्णयले सेयर बजार बाउन्स ब्याक

राष्ट्र बैंकको निर्णयले सेयर बजार बाउन्स ब्याक

सेयर बजारमा कारोबार खुलेको तीन मिनेटमै पोजेटिभ सर्किट लागेको छ। राजनीतिक अन्योलका कारण दसैं बिदा पछि दुई दिनमै १०४ अंकले ओरालो लागेको नेप्से राष्ट्र बैंकको नयाँ निर्णयका कारण बिहीबार उकालो लागेको हो। नेप्से १०२.४१ अंकले उकालो लागेर २६६२ विन्दुमा पुगेको छ।

राष्ट्र बैंकले बुधबार साँझ सेयर धितो कर्जामा २५ करोडको सीमा खारेज गर्ने निर्णय गरेको थियो। अर्थमन्त्री रामेश्वर खनालले असोज ३ गते गठन गरेको कार्यदलले दिएको सुझाव अनुसार सेयर धितो कर्जामा २५ करोड रुपैयाँको सीमा खारेज गरिएको हो।

यस्तै बैंक तथा वित्तीय संस्थाले खरिद गरेको एक वर्ष व्यतित भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने व्यवस्था पनि हटाइएको छ।

बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको सेयर एक वर्षभन्दा बढी अवधिका लागि मात्र किन्न पाउने व्यवस्था रहेकामा त्यसलाई अब ६ महिनामा झारिएको छ।

1330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका