जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको दशौँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको दशौँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको दशौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन र वार्षिक आर्थिक विवरणलाई अनुमोदन गरियो। यसमा आषाढ मसान्त २०८२ को वासलात, नाफा नोक्सान हिसाब लगायतका विभिन्न प्रमुख वित्तीय विवरणहरू पारित गर्‍यो ।

सभाले कम्पनीका शेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशतका दरले ५ कराेड बराबरकाे नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारीत गरेकाे छ ।

साथै, आव २०८२/८३ को लेखापरीक्षणका लागि मेशर्स एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकको रूपमा नियुक्ति गर्ने निर्णय पनि सभा मार्फत पारित गरिएको छ। यसका साथै, लेखापरीक्षकको पारिश्रमिक पनि निर्धारण गरिएको छ।

1625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?