जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • विभिन्न कार्यक्रम गरी मनाइयो सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ वार्षिकोत्सव

विभिन्न कार्यक्रम गरी मनाइयो सांग्रिला डेभलपमेन्ट बैंकको २१ औँ वार्षिकोत्सव

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा विहीबार बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सांग्रिला डेभलपमेन्ट बैँक अझ बलियो भएर अघि बढ्ने विश्वास ब्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैंकसँगको यस सम्बन्धलाई अझ उत्कृष्ट आधुनिक र स्मार्ट सेवाका साथ आगामी दिनमा अझ प्रगाढ र सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

वार्षिकोत्वसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले ‘बाँड्दै न्यानोपन जोड्दै आफ्नोपन’ अभियान घोषणा गरेको छ । लिड फर नेपाल नामक संस्थासँगको सहकार्यमा सञ्चालन गरिने यस अभियान अन्तर्गत यस बैंकका १० वटा क्लस्टर मार्फत न्यानो कपडा संकलन गरी इलामका बाढीपहिरो प्रभावित नागरिकलाई प्रदान गरिने छ । यो अभियानमा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट पनि ज्याकेट लगायत न्यानो कपडा उपलब्ध गराइने छ ।

यसैगरि, वार्षिकोत्वसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गर्नुभएको थियो । कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकमा सेवाको ५, १० र १५ वर्ष पूरा गरेका २० जना कर्मचारीलाई सम्मान गरिएको थियो ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।

1120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका