जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बैंक, वित्तद्वारा कोभिड प्रभावित ऋणीलाई करिब साढे ४ खर्ब सहुलियत

बैंक, वित्तद्वारा कोभिड प्रभावित ऋणीलाई करिब साढे ४ खर्ब सहुलियत

कोरोना भाइरसका कारण प्रभावित बनेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले करिब साढे ४ खर्ब रुपैयाँ सहुलियत दिएका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार कोभिड प्रभावित क्षेत्रका ऋणीलाई विभिन्न शीर्षकमा ४ खर्ब ४८ अर्ब ३८ करोड २४ लाख रुपैयाँ कर्जा सहुलियत दिइएको हो । राष्ट्र बैंकले आर्थिक वर्ष वर्षको अन्त्यदेखि नै शुरु भएको कोरोना भाइरस संक्रमणको असरमा परेको क्षेत्रका कर्जालाई ब्याज छुट, पुनरकर्जा, पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको थियो ।

चालु पुँजी कर्जाको २० प्रतिशत र आवधिक कर्जाको १० प्रतिशत थप कर्जा दिन पाउने समेत व्यवस्था गत आवमै गरेको थियो । राष्ट्र बैंकले कोभिड प्रभावित क्षेत्रलाई मूल्यांकन गरी व्यवसायीक निरन्तरता कर्जा समेत बैंक तथा वित्त कम्पनीमार्फत् उपलब्ध गराइरहेको छ ।
राष्ट्र बैंकबाट प्राप्त तथ्यांकअनुसार गत आवमा बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी कोभिडबाट अति प्रभावित क्षेत्रका ऋणीलाई कर्जा सहुलियत दिएको छ । कोभिडको प्रभावलाई राष्ट्र बैंकले न्यून, मध्यम र अति प्रभावित गरी वर्गीकरण गरेर तोकिएको सहुलियत दिनुपर्ने निर्देशन दिएको थियो । जसमा बैंक तथा वित्तीय संस्थाले ऋणी र उनीहरुले पेश गरेको व्यवसायी योजनाको आधारमा कर्जा सहुलियत दिएको हो ।

गत आवको असार मसान्तसम्म ४८ हजार ८ सय ९० ऋणीलाई १ खर्ब ४८ अर्ब रुपैयाँ पुनरकर्जा सुविधा पाएका छन् । जसमा लघुवित्तका ३५ हजार ५ सय ५४ जना ऋणीले १५ लाख रुपैयाँसम्म गरी २५ अर्ब रुपैयाँ बराबरको पुनरकर्जा सुविधा उपयोग गरेका हुन् । सरकारले व्यवस्था गरेको कोभिड प्रभावित क्षेत्रका लागि व्यवसायीक निरन्तरता कर्जा २०७८ जेठ मसान्तसम्म बैंक तथा वित्त कम्पनीबाट ८२ करोड २४ लाख रुपैयाँ स्वीकृत भइसकेको छ । जसमध्ये ५९ करोड ७ लाख रुपैयाँ कर्जा लगानीमा छ । यस्तै, २०७७ पुस मसान्तसम्म कोभिड प्रभावित क्षेत्रका २१ हजार ६ सय १७ ऋणी उद्यमी व्यवसायिको १ खर्ब २९ अर्ब २१ करोड रुपैयाँ कर्जाको कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण भएको छ ।

साथै, कोभिड–१९ का कारण साँवा र ब्याज भुक्तानी गर्न समस्यामा परेका ऋणीको कर्जा भुक्तानी अवधि २०७८ जेठ मसान्तसम्म १९ हजार ७ सय ८६ ऋणीको थप भएको छ । जसमध्ये अति प्रभावित क्षेत्रका ४ हजार २११ ऋणकिो ३५ अर्ब ३० करोड, मध्यम प्रभावित क्षत्रका ७ हजार ८ सय ८७ ऋणीको २८ अर्ब ३० करोड र न्यून प्रभावित क्षेत्रका ७ हजार ६ सय ८८ ऋणीको ३० अर्ब ३० करोड रुपैयाँ गरी कुल ९४ अर्ब रुपैयाँ कर्जा भुक्तानी अवधि थप भएको छ । बैंक तथा वित्तीय संस्थाले कोभिड प्रभावित क्षेत्रका ऋणीलाई चालु पुँजी कर्जाको आधारमा सोही धितोमा २० प्रतिशत थप कर्जा १४ अर्ब २४ करोड रुपैयाँ दिएका छन् ।

2225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?