जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२

हालको खबर

  • होमपेज
  • विकास बैंकहरुको नाफा घट्योः लुम्बिनी र ज्योति विकास बैंकको खराब कर्जा ७ प्रतिशत माथी

विकास बैंकहरुको नाफा घट्योः लुम्बिनी र ज्योति विकास बैंकको खराब कर्जा ७ प्रतिशत माथी

नेपालमा सञ्चालित राष्ट्रिय स्तरका ७ विकास बैंकहरु मध्ये ज्योति विकास बैंक र लुम्बिनी विकास बैंकको खराब कर्जा ७ प्रतिशत माथी पुगेको छ भन्दा फरक पर्दैन । खराब कर्जा बढेसंगै विकास बैंकहरुको नाफा पनि घटेको छ भन्दा फरक पर्दैन । राष्ट्रियस्तरका विकास बैंकहरूको खुद नाफा ५२.३५ प्रतिशत घटेको छ । राष्ट्रियस्तरका ७ विकास बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ६९ करोड ५२ लाख रुपैयाँ छ ।

गत वर्षको यसै अवधिमा यी बैंकको खुद नाफा १ अर्ब ४५ करोड रुपैयाँ थियो । राष्ट्रियस्तरका विकास बैंकमध्ये एउटा लुम्बिनी विकास बैंक नोक्सानीमा रहेको छ । सो बैंक तीन महिनामा ३४ करोड नोक्सानीमा रहेको भेटिएको छ । गरिमा विकास बैंकले सबैभन्दा धेरै २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यी विकास बैंकको निष्क्रिय कर्जा पनि औसतमा बढेको छ ।

पहिले औसत निष्क्रिय कर्जा ४.०० प्रतिशत रहेकोमा अहिले ५.५७ प्रतिशत देखिन्छ । सार्वजनिक वित्तीय विवरणअनुसार लुम्बिनी र ज्योति विकास बैंकको निष्क्रिय कर्जा ७ प्रतिशतभन्दा माथि छ । लुम्बिनीको ७.७८ र ज्योतिको ७.९७ प्रतिशत छ । प्रतिसेयर आम्दानीका आधारमा कामना सबैभन्दा अगाडि छ । कामना सेवाको प्रतिसेयर आम्दानी २०.४६ रुपैयाँ छ । त्यस्तै साइनको १६.६६, गरिमाको १७.६४, मुक्तिनाथको १२.७६, महालक्ष्मीको ९.०८ तथा ज्योतिको ६.४ रुपैयाँ छ । लुम्बिनी विकास बैंकको ९.६२ रुपैयाँ ऋणात्मक छ । सचेत भया ।

355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका