जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • एक सय रुपैयाँको नयाँ नोटमा नेपालको चुच्चे नक्सा

एक सय रुपैयाँको नयाँ नोटमा नेपालको चुच्चे नक्सा

राष्ट्र बैंकले नेपालको चुच्चे नक्सासहित १०० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले चुच्चे नक्सासहितको नयाँ नोट छापरेर बिहीबारदेखि चलनचल्तीमा ल्याएको हो। नयाँ नोटको रङ र आकार साबिककै छ। नयाँ नोटको बायाँतर्फ विश्वको सर्वोच्च शिखर सगरमाथाको तस्वीर र दायाँतर्फ लालीगुराँसको पानीछाप छ। नोटको बीचमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र छ।

दृष्टिविहीनले छामेर नोट पहिचान गर्न सक्नेगरी अशोक स्तम्भसँगै एउटा कालो थोप्ला पनि नयाँ नोटमा राखिएको छ। बायाँतर्फ अण्डाकारभित्र मायादेवीको ‘सिल्भर मेटालिक’ चित्र छ। सुरक्षाका लागि नोटमा २ मीमी चौडा र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको छ।

Nepali Paisa | चुच्चे नक्सा सहित सय रुपैयाँको नयाँ नोट बजारमा

140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका