जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बैंकबाट कर्जा लिनुअघि कर्जाका बारेमा अध्ययन गर्न केन्द्रीय बैंकको आग्रह

बैंकबाट कर्जा लिनुअघि कर्जाका बारेमा अध्ययन गर्न केन्द्रीय बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले कर्जा लिनुअघि कर्जाका बारेमा प्रष्ट हुन आग्रह गरेको छ । केन्द्रीय बैंकले कर्जाका सर्तहरू राम्रोसँग बुझेर मात्र हस्ताक्षर गर्न भनेको छ । नबुझीकन कर्जा लिन नहुने भन्दै केन्द्रीय बैंकले कर्जा लिँदा आधार दर, ब्याजदर, प्रिमियम दर लगायतका विषयमा राम्रो जानकारी राख्न सर्बसाधारणलाई अनुरोध गरेको हो ।

ब्याजदरको सिमा, अबस्था र तिर्नुपर्ने रकमका बारे राम्ररी जानकारी लिन पनि अनुरोध गरिएको छ । सर्वसाधारणलाई सचेत गराउँदै केन्द्रीय बैंकले भिडियो सन्देश मार्फत बैंकबाट कर्जा लिनु अघि राम्ररी बीचार गर्न अनुरोध गरेको हो ।

785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?