जोडिनुहोस
मङ्लबार, पुस २९, २०८२
मङ्लबार, पुस २९, २०८२
  • होमपेज
  • दीपक खड्काको होटल इस्टर्न नेपालको लागत भारी मात्राले बढ्यो, २०२७ बाट सञ्चालनमा आउने

दीपक खड्काको होटल इस्टर्न नेपालको लागत भारी मात्राले बढ्यो, २०२७ बाट सञ्चालनमा आउने

झापाको धुलाबारीमा निर्माण भइरहेको होटल इस्टर्न नेपालको लागत बढेको छ । होटलको सुरुमा अनुमानित लागतभन्दा अहिले एक अर्ब बढी रुपैयाँ बढेको हो । सुरुमा २ अर्ब १ करोड ४० लाख रुपैयाँ लगानीमा सो होटल निर्माण गर्ने भनिएको थियो । अहिले उक्त लागत बढेर ३ अर्ब २६ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

सन् २०२५ को अक्टोबरसम्ममा ४० प्रतिशत आर्थिक प्रगति भइसकेको छ । सन् २०२६ को अप्रिलबाट आंशिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । साथै, सन् २०२७ बाट भने पूर्ण क्षमतामा होटल सञ्चालनमा ल्याउने योजना बनाएको छ । होटल निर्माणका लागि कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब २८ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ । सन् २०१८ मा स्थापना भएको कम्पनीले धुलाबारीमा ९८ वटा कोठाकोे सुविधासहित पाँच तारे होटल निर्माण गरिरहेको छ । कम्पनीमा न्यु इन्फ्रा हेभन ग्रुप होल्डिङ कम्पनीको स्वामित्व छ । कम्पनीमा तीन जना बोर्ड सदस्य छन् । तीन जनामध्ये एक जना भने विनिता थापा हुन् । थापा पूर्व ऊर्जामन्त्री दीपक खड्काकी श्रीमती हुन् ।

होटल १ लाख १० हजार ४४४ स्क्यावरफिटमा निर्माण भइरहेको छ । उक्त स्थानमा क्यासिना र ब्याङ्क्वेट निर्माण हुनेछ । कुल ९८ कोठा रहने होटलमा फुड र बेभरेज सुविधा, स्वीमिङ पुल, कन्फरेन्स हल र ब्याङ्क्वेट, स्पा र अन्य सुविधा हुनेछ ।

यो होटल परियोजनामा ऋण र इक्विटीको अनुपात ७०ः३० रहेको छ । जसअनुसार २ अर्ब २८ करोड ८० लाख रुपैयाँ बैंक कर्जामार्फत जुटाइएको छ । होटलको रणनीतिक अवस्थिति (पूर्व–पश्चिम राजमार्ग नजिक), अनुभवी सञ्चालक समिति र पर्यटन क्षेत्रमा सरकारको बढ्दो सहयोग यसका सबल पक्ष हुन् ।

यद्यपि, परियोजना कार्यान्वयनमा हुन सक्ने ढिलाइ, उच्च ब्याजदरको जोखिम र होटल क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धालाई मुख्य चुनौतीका रूपमा हेरिएको छ । ४० प्रतिशत मात्र निर्माण सम्पन्न भएको अवस्थामा निर्धारित समय र लागतमा परियोजना सक्नु कम्पनीका लागि प्रमुख कार्यभार रहनेछ ।

झापा भारतसँगको सीमा नजिक रहेको र पर्यटकीय हबका रूपमा विकास भइरहेकाले यस होटलले भारतीय तथा आन्तरिक पर्यटकलाई लक्षित गर्नेछ । तर, ठूलो लगानी र लामो ’जेस्टेसन पिरियड’ (लगानी उठ्न लाग्ने समय) का कारण सुरुवाती वर्षहरूमा कम्पनीको वित्तीय अवस्था चुनौतीपूर्ण हुन सक्ने प्रक्षेपण गरिएको छ । खड्काको लगानीमा बुढानिकलण्ठमा होटल होलिडे इन सञ्चालनमा आइसकेको छ । उनको यो दोस्रो परियोजना हो ।

200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?