जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • जुत्ता चप्पल मेलामा चर्चित नेता एवं कलाकारहरुको पनि सहभागिता

जुत्ता चप्पल मेलामा चर्चित नेता एवं कलाकारहरुको पनि सहभागिता

गत शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दर्शक तथा उपभोक्ताको उत्साहजनक सहभागिता देखिएको छ।

प्रदर्शनीमा विभिन्न सेलिब्रेटी, मन्त्र, सांसद तथा राजनीतिक दलका नेताहरुले पनि अवलोकन गरेका छन । प्रदर्शनीमा आज ८० हजार भन्दा बढीले अवलोकन गरेको आयोजक समितिका संयोजक नवराज गौतमले खरीबोटलाई जानकारी दिएका छन । प्रदर्शन अवलोकन गर्न आज सांसद पम्फा भुसाल, विरोध खतिवडा, कोमल ओली, टोखा नगरपालिकाका मेयर प्रदर्शनीस्थल भृकुटीमण्डपमा पुगेका थिए ।

त्यस्तै यसअघि प्रदर्शनीको रक्षामन्त्री इश्वर पोख्रेल, अभिनेत्री संचिता लुइँटेल, प्रियंका कार्र्की, महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, मिस नेपाल शृंखला खतिवडाले अवलोकन गरिसकेका छन । त्यस्तै नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ,नेपाल वैकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले समेत प्रदर्शनीको अवलोकन गरिसकेका छन । त्यस्तै नेकपाकी नेतृ पम्फा भुषाल, बिरोध खतिवडा, कोमल ओली लगायतले पनि मेलाको अवलोकन गरे ।

प्रदर्शनीमा विभिन्न ब्रान्डका स्वदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनीमा उपभोक्तालाई १० देखि १५ प्रतिशतसम्म छुट समेत दिइएको गौतमले बताए । संयोजक गौतमले यस पटक व्यापारलाई भन्दा पन विशुद्ध प्रदर्शनीलाई फोकस गरिएको बताए ।

“राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग” भन्ने मूलनाराका साथ जारी प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवं ठूला उद्योगहरुद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको सबै उत्कृष्ट उत्पादनहरु एउटै छानामुनि स्वस्थ तरिकाले ११ वटा प्रायोजकहरुको भव्य पेभिलियनसहित १९१ वटा स्टलहरु रहेका छन ।

विदेशी जुत्ता ,चप्पल तथा छालाजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने उद्देश्यले संचालित यस किसिमका औद्योगीक प्रदर्शनीले नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको वजार प्रवर्धन हुनुका साथै आयात प्रतिस्थापन लाई न्यूनिकरण गराई निर्यात प्रवर्धन गर्नका लागि अत्यन्तै ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो प्रदर्शनीमा १४० वटा स्टल रहनेछन जसमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगहरु, छाला जन्य बस्तु उत्पादकहरु, र यस उद्योगहरु का लागी कच्चापदार्थ उत्पादन गर्ने उत्पादक तथा बितरकहरुको समेत सहभागीता रहेको छ । जसमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता ,स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज चप्पल एवं यस उद्योगसंग सम्बन्धित कच्चा पदार्थहरु तथा फुड स्टलहरु रहेका छन् ।

प्रदर्शनीमा अशक्तता तथा जेष्ठ नागरिकहरु, स्कुल तथा कलेजबाट अवलोकनका लागी यूनिफर्ममा आउने बिद्यार्थीहरु लाई निशुल्क प्रवेशको ब्यवस्था मिलाएको छ भने राष्ट्रिय पोशाक लगाएर आउनेलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

9015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका