जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • जनता बैंक नेपालको सबै प्रदेशमा प्रादेशिक कार्यालय

जनता बैंक नेपालको सबै प्रदेशमा प्रादेशिक कार्यालय

यस बैंकले देशको सबै ७ ओटै प्रदेशमा एक साथ प्रादेशिक कार्यालय संचालनमा ल्याएको छ । प्रदेश १ को ट्रफिक चोक, बिराटनगर, प्रदेश २ को भानु चोक, जनकपुर, प्रदेश ३ को स्कूल रोड, हेटौडा, गण्डकी प्रदेशको न्यूरोड पोखरा, प्रदेश ५ को हस्पिटललाइन, बुटवल, कर्णाली प्रदेशको बिरेन्द्रचोक सुर्खेत र सुदुरपश्चिम प्रदेशको चटकपुर, धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरी संचालनमा ल्याइएको हो ।

प्रादेशिक कार्यालयले प्रदेशका निकायहरुसंग समन्वय गर्ने तथा प्रदेशमा रहेका यस बैंकका शाखा कार्यालयहरुको अनुगमन गर्ने छ । प्रादेशिक कार्यालयको स्थापनाबाट बैंकको सेवा प्रवाह अभm स्तरीय तथा सरल हुने विश्वास लिईएको छ । स्थापना भएका प्रादेशिक कार्यालयहरुलाई क्रमिक रुपमा शशक्त बनाउन साधन श्रोत थप गरीदै लगिने बैंकले जनाएको छ ।

बैकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म७ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी हाल १२९ शाखा, ५० शाखा रहित बैकिग केन्द्र, ७९ एटीएम, २ सिमित्त बैंकिङ इकाई र २ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् । बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी नै शशक्त उपस्थिति जनाउने योजना रहेको बैंकले विज्ञप्ती मार्फत जानकारी दिएको छ । ।

5845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका