जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकलाई अब्बल दर्जाको टप ३ ब्राण्ड बनाउने योजना छ

कामना सेवा विकास बैंकलाई अब्बल दर्जाको टप ३ ब्राण्ड बनाउने योजना छ

० पछिल्लो समय कामना विकास बैंक आक्रमकरुपमा आएको देखिन्छ नि ?
कामना र सेवा विकास बैंक मर्जर हुन भन्दा अगाडी पनि आ–आफ्नो क्षेत्रमा आक्रमकरुपमै सेवा प्रदान गरिरहेका बैंकहरु नै हुन् । मर्जर पछाडि राष्ट्रिय स्तरको विकास बैंक बनेपछि राजधानीबाटै केही शाखा सञ्चालन थप गरी व्यवसाय विस्तार गर्न शुरु भएको छ । यसले गर्दा केही आक्रमकरुपमा आएको जस्तो देखिन्छ । तर, स्थापनाकाल देखि नै राम्रा काम गरिरहेका आक्रमक बैंकहरु नै हुन् । अलिकति फरक तरिकाले हामीले हाम्रा इफोर्टहरुलाई मोर सिस्टमेटिक, मोर कोडिनेटिभ, र मोर मर्डनाइज गरि अगाडी बढेको अवस्था चाहिँ सत्य हो । यसले गर्दा थप आक्रमक देखिएको हो नि ।

० यी दुई बैंक मर्जर भएपछि उपत्यकामा यति राम्रो उपस्थित र व्यापार नभएको तर अहिले राजधानीमा आक्रमकरुपमा देखिएको छ नि ?
मर्जर अगाडी कामना बैंक पोखरा र सेवा विकास बैंक बुटवलको आसपास कोर विजनेश बनाएर काम गरेका बैंक हुन् । मर्ज भएपछि प्रदेश १ र २ मा चाहिँ यसको शाखा कम भएकाले यी ठाउँमा हामी आएका छौं । साथै राजधानीमा पनि शाखा विस्तारसँगै व्यवसाय बढाउन आएको सत्य हो ।

१ नम्बर र २ नम्बर प्रदेशमा हाराहारी २० शाखा खोल्ने तयारीमा छौं । तीन महिना भित्र खोल्दै छौं । काठमाडौंमा ३ शाखा स्थापना भएका छन् । न्यूरोड, कलंकी र गंगबुबाट कारोबार शुरु भएको छ ।

अब चावहिल, नयाँबानेश्वर र ठमेलमा शाखा शुरु गर्ने तयारीमा छौं । यसरी १ र २ नम्बर प्रदेश र काठमाडौंमा हाम्रो उपस्थिति मजबुद र व्यापार बढाउन हामी लागेका छौं । बजार प्रतिस्पर्धी छ । त्यसैले हामी आक्रमक रुपमै अगाडी जाने योजनामा छौं नि ।

० कामना सेवा विकास बैंकको वित्तिय अवस्था चाहिँ कस्तो छ ?
हाम्रो ६३ शाखा छन् । १७ वटा एटिएम छन् र हामी चाँडै २० थप शाखा र २० एटिएम थप्दै छौं । हामी ग्राहकवर्ग माँझ सेवा पु¥याउन आतुर छौं । यो दोस्रो क्वाटरमा हाम्रो डिपोजिट १७ अर्व छ । कर्जा १६ अर्ब हाराहारीमै छ । लाखौं ग्राहकवर्गको विश्वास पाएका छौं । हाम्रो विजनेश बढेको छ ।

नयाँ प्रोडक्ट ल्याएका छौं । हामीलाई आशा छ । हामी ग्राहकमुखी बनेका छौं । त्यही अनुसार प्रोडक्ट ल्याएका छौं । यी प्रडक्टलाई लाखौं हाम्रा ग्राहकले मनपराई दिनु हुनेछ । ५०० को हाराहारीमा कर्मचारी छौं । राम्रा दक्ष कर्मचारी छन् । बैंकको सुशासन लोभ लाग्दो बनेको छ ।

० तपाई एनआईसी एशिया बैंक, माछापुच्छ«े बैंक, एनबी बैंक र नबिल बैंक लिमिटेडमा काम गरि सकेको अनुभव हासिल गरेको मान्छे अब कामना सेवा विकास बैंकलाई यी ठूला बैंक जस्तै आक्रमक बनाएर जनता सामु लैजाने कुरामा ग्राहक विश्वास भए हुन्छ त?
मेरो करिअर वाणिज्य बैंकबाटै सुरु भएको हो । मैले नविल बैंकबाट, एनबी बैंक, तत्कालीन एनआईसी बैंक र पछि माछापुच्छ«े बैंकबाट करिअर सुरु गरेको थिए । आक्रमक भन्ने शब्द हुनु पर्दछ र मैले काम गरेका बैंकहरु पनि एग्रेसिप भएर आएको अवस्था छ । र मलाई कन्ट्रोल एग्रेसिप मन पर्दछ । एग्रेसीपका रियाक्सन बारे पनि पहिल्यै सोच्नु पर्दछ । पाईलाई एउटा उदाहरण दिँदै भन्दछु ।

फेडारि स्प्रेटबाट चलाउने साधान हो तर यसको ब्रेक राम्रो हुनुपर्दछ । एग्रेसीप भनेको पनि यस्तै हो । बैंक कन्ट्रोल एग्रेसीप बन्ने पर्दछ । कामना सेवा हामीलाई डिजाइन गर्दा पनि एग्रेसीप तरिकाबाटै गरेका छौं । तर, कन्ट्रोल गर्ने मेकानिजम राख्नु जरुरी छ । यसले गर्दा प्रमोटर, शेयरधनी, ग्राहक र नियमक निकाय राष्ट्र बैंकलाई खुशी राखेर जान सकिन्छ । यही नै काम अहिले सेवा कामना विकास बैंकमा भएको छ ।

० अहिले बजारमा कामना सेवा विकास बैंक, सीभिल बैंक लगायत अन्य वाणिज्य बैंकसँग मर्जर गर्ने हल्ला छ । यसलाई चाँही कसरी लिनु भएको छ ?
जहाँसम्म मर्जर एकुजिसनको कुरा छ । यो बजारमा अवसरकारुपमा रहेको छ । यसलाई नराम्रो रुपमा लिनु हुँदैन । यो मर्जरको कुरा सञ्चालक समितिले निर्णय गर्ने र साधारण सभाले पास गर्नु पर्ने भएकाले मलाई खासै जानकारी छैन । मेरो अनुभवमा चाँही विकास बैंकहरु सम्भावनाको भण्डार बोकेका बैंक हुन् । यी सम्भावनाहरुलाई खोजी गरी कामना विकास बैंकलाई पृथक र अब्बल बैंक बनाउने मेरो योजना छ ।

० पछिल्लो समय करिब ९८ बाट घटेर ३१ वटा मात्रै विकास बैंक छन् । दुर दराज, गाउँघरमा शाखा सञ्जाल पनि पु¥याएका छन् । साच्चै भन्ने हो भने स्थानिय निकायमा विकास बैंकको राम्रो उपस्थिति छ । तर राज्यले बैंक ग्यारेन्टी, क्रेडिट कार्ड, सरकारी पैसा राख्न अधिकार दिएको छैन । यसलाई चाँही कसरी लिनु भएको छ त ?
‘सुखी नेपाली, सम्पन्न नेपाल’ बनाउने काममा विकास बैंकहरुको ठूलो भूमिका छ । तपाईले भनेका काम विकास बैंकले गर्न पाउनु पर्दछ । हाम्रो संगठन लविङ्ग गर्न लागि परेको छ । राज्यले कानुन संम्शोधन गरेर भएपनि यी तीन वटा कुरा बैंक ग्यारेन्टी के्रडिट कार्ड र सरकारी पैसा राख्न हामी विकास बैंकले पाउनु पर्दछ । आम जनताको पैसा सुरक्षित राखेर राम्रो प्रतिफल विकास बैंकले दिएका छन् ।

केही समय अगाडी वाणिज्य बैंकमा तरलता आयो । विकास बैंकमा आएन । हामीले वाणिज्य बैंकलाई सहयोग ग¥यो । विकास बैंकमा सुशासन अत्यन्तै राम्रो भएको छ र रेगुलेटर राष्ट्र बैंकको मन जितेर विकास बैंक अगाडी बढेका छन् । यस्तो अवस्थामा हामीले बैंक ग्यारेन्टी, क्रेडिट कार्ड र सरकारी पैसाको काम गर्न पाउनु पर्दछ भन्ने हाम्रो माग छ । यी सबै कुरा पाएपछि हामी वाणिज्य बैंक सरह नै हुने छौं । हामीसंग अहिले २ अर्ब ५० करोड पूँजी छ । हिजो वाणिज्य बैंकको जति नै । त्यसकारण राज्यले हामीलाई सुविधा दिन हिचकिचाउनु हुँदैन नि ।

० कामना विकास बैंक र सेवा विकास बैंक मर्जर भएर कामना सेवा विकास बैंक बनेको छ । अब लगानीकर्ताहरुलाई कति प्रतिफल दिने योजना छ ?
मर्जर पछाडी केही नयाँ निर्देशन नियमक निकायबाट आएका छन् । स्प्रेड रेटलाई ५ प्रतिशत कायम गर्नुपर्नेछ । विभिन्न शुल्क लिन अहिले राष्ट्र बैंकले बन्देज लगाएको छ । हामी राष्ट्रियस्तरमा आएपछि ब्राण्डीङ्गको जरुरी छ । धेरै कुरा छ । त्यसकारण यी कुरा भएपनि हिजो दिएका प्रतिफललाई जोगाउदै अझै बढि दिने कुरामा हामी चलाखी भएर लागेको अवस्था छ । बोर्ड र व्यवस्थापन दुई मिलेर अगाडी जाने योजना मेरो छ । र कामना सेवा विकास बैंकलाई नेपालकै टप ३ भित्रको मजबुद र अब्बल बैंक बनाएर लैजाने मेरो योजना रहेको छ ।

० अन्त्यमा, केही महिना पछि नै यो बैंकको नेतृत्व तपाईले नै पाउने देखिन्छ । अब बैंक हाँक्ने योजना के के छन् ?
विगत १४ वर्षदेखि म बैंकिङ्ग पेशामा छु । म चाटर्ड एकाउण्टेन पनि हुँ । विभिन्न ठूला वाणिज्य बैंकहरुमा काम गरेको अनुभव म संग छ । मलाई सीइओको जिम्मेवारी दिने कुरा सञ्चालक समितिको अधिकार हो । उहाँहरुको मूल्याङ्कनले गर्ने हो । यसमा अरु बोल्नु पर्ने देख्दिन ।

म जहाँ जहिलेसम्म छु र हुनेछु । राम्रो काम र प्रगति गरेर देखाउने नै छु । आक्रमक नीति ल्याउने हो । तर कन्ट्रोलको आक्रमक नीति ल्याउने योजनामा छौं । केही समय भित्र टप ३ अब्बल दर्जाका विकास बैंक सरह हामी पुग्ने योजनामा छौं । रेगुलेटर, प्रमोटर, लगानीकर्ता र ग्राहकको मन जित्दै राष्ट्रिय स्तरको अब्बल व्राण्ड टप ३ भित्र कामना सेवा विकास बैंकलाई लैजाने पहिलो काम हामी गर्ने छौं । यसको शुरुवात भैसकेको अवस्था छ । ग्राहकको सन्तुष्टिनै हाम्रो चाहना हुनेछ र ग्राहकमुखी सेवा हामी दिन तयार छौं । बैंकका सबै सूचकमा हामी अब्बल र सक्षम बन्ने कोसिश गर्दै अगाडी बढ्ने छौ । राजतिलक साप्ताहिक

11240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका