जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समुदाय–प्रहरी साझेदारीलाई जनता बैंकको सहयोग

समुदाय–प्रहरी साझेदारीलाई जनता बैंकको सहयोग

महानगरीय प्रहरी परिसर, काठमाडौंले अपराध रोकथाम गर्ने, समाजिक बिकृति एवं विसंगति बिरुद्ध जनचेतना फैलाउने र सुरक्षा व्यबस्थापनमा जनसहयोग जुटाउदै समग्र सामुदायिक सुरक्षालाई अभिबृद्धि गर्ने उद्देश्यले मिति २०७५ कार्तिक ११ गते देखि कार्यान्वयनमा ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई जनता बैंकबाट सचेतनामुलक सामाग्री प्रदान गरिएको छ ।

महानगरीय प्रहरी परिसर टेकुमा नबनिर्मित नागरिक सहायताकक्षको उद्घाटन कार्यक्रममा बैंकको सँस्थागत मामिला तथा सँस्थागत सामाजिक उत्तरदायित्व विभाग प्रमुख छविलाल हुमागाई र ब्रान्डिङ प्रमुख शैलेन्द नाथले बैंकको तर्फबाट १० प्रकारका २५,००० थान जानकारी मुलक स्टिकर प्रहरी महानिरिक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गर्नुभयो । उक्त स्टिकरहरु समुदायको प्रत्येक घरमा टाँस गर्ने कार्यक्रम रहेको छ । हस्तान्तरण गरिएको स्टिकरमा सिधा सम्पर्क गर्न सकिने प्रहरी अधिकारी र कार्यालयको सम्पर्क नम्बरहरु उल्लेख गरिएको छ । समुदायमा शंकासपद मानिस, चिजवस्तु देखेमा वा सुरक्षा सम्बन्धि सहयोग, जानकारी र गुनासो भएमा वा तत्काल प्रहरीको सहयोग आवश्यक परेमा स्टिकरमा उल्लेख गरिएका नब्बरहरुमा सम्पर्क गर्ने ब्यबस्था मिलाइएको छ । प्रहरीका अनुसार महानगरका करिब ४ लाख घरमा यस्तो स्टिकर राखिने कार्यक्रम रहेको छ ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा बिभिन्न कामहरु गर्दै आइरहेको छ । यसै शिलशिलामा हालै चितवन स्थित जमुनापुर हेल्थ सोसाइटीलाई सामुदायिक भबन निर्माण सहयोगार्थ रु. १ लाख ५० हजार र धरानमा अबस्थित असहाय सहयोग परिषदलाई रु. १ लाख सञ्चालन अनुदान प्रदान गरिएको छ । यसैगरी त्रिवेणी घाट पनौतीमा रहेको मंैत्री बृद्धाश्रममा ३६० लिटर क्षमताको सोलार वाटर हिटर जडान गरी हस्तान्तरण गरिएको छ ।

8280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?