जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • हिमालयन रिइन्स्योरेन्स दोस्रो वार्षिक साधारणसभा: यस्ता छन् मुख्य एजेण्डा

हिमालयन रिइन्स्योरेन्स दोस्रो वार्षिक साधारणसभा: यस्ता छन् मुख्य एजेण्डा

हिमालयन रि इन्स्योरेन्सको साधारणसभा कात्तिक ४ गते ठमेलको होटल अलफ्टमा हुने भएको छ। कम्पनीको असोज ३ गते बसेको संचालक समिति बैठकले साधारणसभाको निर्णय गरेको हो।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/७८को वार्षिक प्रतिवेदन पेश गर्नेछन्। गत आर्थिक वर्षको लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सहितको वित्तिय विवरणहरु उपर छलफल गर्नेछ।

प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव रहेको छ ।

संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरवदल गर्ने निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्ताव छ। संचालकको पारिश्रमिक भक्ता तथा सुविधा बारे छलफल गर्ने एजेण्डा छ।

4850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका