जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • केन्द्रीय बैंकले दियो न्यूनतम कर्जा प्रवाहको समय सीमामा वाणिज्य बैंकहरुलाई सहुलियत

केन्द्रीय बैंकले दियो न्यूनतम कर्जा प्रवाहको समय सीमामा वाणिज्य बैंकहरुलाई सहुलियत

नेपाल राष्ट्र बैंकले न्यूनतम कर्जा प्रवाहको समय सिमामा बैंकहरुलाई सहुलियत प्रदान गरेको छ । बुधबार एकीकृत निर्देशिका जारी गर्दै राष्ट्र बैंकले इजाजत प्राप्त वाणिज्य बैंकहरुलाई तोकिएको क्षेत्रमा गर्नुपर्ने न्यूनतम कर्जा प्रवाहमा सहुलियत दिने जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार २०८२ असारसम्म कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने भनी तोकिएको कर्जा अब २०८३ असार मसान्तसम्म प्रवाह गरिसक्नुपर्नेछ । वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले दिएको सहुलियत अनुसार २०८० को असार मसान्तसम्म ११ प्रतिशत, २०८१ को असार मसान्तसम्म १३ प्रतिशत, २०८२ असार मसान्तसम्म १४ प्रतिशत र २०८३ असार मसान्तसम्म १५ प्रतिशत पुर्याए हुनेछ ।

त्यस्तै, २०८२ सम्म भेटाउनुपर्ने गरी तोकिएको उर्जा क्षेत्रमा न्यूनतम १० प्रतिशत कर्जा प्रवाहको लक्ष्य अब २०८३ असार मसान्तसम्म पुर्याए हुनेभएको छ । योसँगै लघु, घरेलु, साना तथा मझौला उद्यममा प्रवाह गर्नुपर्ने न्यूनतम १५ प्रतिशत कर्जाको सीमा २०८२ असार मसान्तबाट लब्याउँदै राष्ट्र बैंकले २०८३ असार मसान्तसम्म पुर्याएको छ ।

राष्ट्र बैंकले प्रदान गरेको सहुलियतका अनुसार ‘ख’ र ‘ग’ वर्गका वित्तइि संस्थाले तोकिएको क्षेत्रमा प्रवाह गर्नुपर्ने न्यूनतम कर्जाको समय समेत असार मसान्त २०८१ मा दुई वर्ष थप गरी २०८३ असार मसान्तसम्म पुर्याइएको राष्ट्र बैंकले जनाएको छ ।

1735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका