जोडिनुहोस
आइतवार, जेष्ठ १२, २०८२
आइतवार, जेष्ठ १२, २०८२
  • होमपेज
  • कामना सेवाको भिषा कार्ड सुरु

कामना सेवाको भिषा कार्ड सुरु

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं महानगरपालिकाको वडा नं ३० स्थित आफ्नै भवनमा रहेको केन्द्रीय कार्यालय ज्ञानेश्वरबाट भिषा डेविट कार्ड सुविधाको शुभारम्भ गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्यले रिवन काटी उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र बलराम बरालको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले भिषा कार्डको महत्व र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त यस बैंकका ग्राहकहरुले नेपाल, भारत र भुटानमा समेत उक्त भिषा कार्ड प्रयोग गरि कारोबार गर्न सक्ने बताए ।

साथै, भिषा कार्ड सुविधाको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउन सकिने समेत उल्लेख गरे ।

8260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका