जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • रवीन्द्र अधिकारीका अंगरक्षकको परिवारलाई मेगा बैंकद्वारा बीमा रकम प्रदान

रवीन्द्र अधिकारीका अंगरक्षकको परिवारलाई मेगा बैंकद्वारा बीमा रकम प्रदान

ताप्लेजुङमा हवाई दुर्घटनामा परी निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंक नेपालले बिमा बापत पाँच लाख रुपैयाँ प्रदान गरेको छ ।

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल प्रकाश थापाको उपस्थितिमा स्वर्गीय घिमिरेकी पत्नी शिलु विष्टलाई पाँच लाख रुपैयाँको चेक हस्तारन्तरण गरेकी छिन् । मेगा बैंकमा ‘मेगा कर्मचारी बचत खाता’ खोलेका दिंवगत जमदार घिमिरेलाई मेगा बैंकले सोही खाताको बीमा बापत पाँच लाख रुपैँया हस्तारन्तरण गरेको हो ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक रहेका जमदार घिमिरेको गत फागुन २२ गते ताप्लेजुङको फुङलिङ – १०, तारेभीरमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

न्यूनतम एक सय रुपैँया मौज्दातमा खोल्न सकिने मेगा कर्मचारी बचत खातामा बैंकले हरेक खातावालाको ५ लाख रुपैँयाको दुर्घटना बीमा गरिदिएको मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बताइन । सिइओ खुञ्जेलीका अनुसार, ग्राहक र उनीहरुका परिवारलाई भरपरी आउने यस्ता घटनामा सुरक्षा मिलोस् भनेर बैंकले अहिले मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट योजना ल्याएको छ । जसमा एक लाख रुपैँयाको मेडिकल इन्स्योरेन्स र ७ लाख रुपैँयाको दुर्घटना बीमा रहेको छ ।

10670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका