जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • महालक्ष्मी लाइफले ल्यायो नौलो बीमा पोलिसी, एउटैमा सबै योजना

महालक्ष्मी लाइफले ल्यायो नौलो बीमा पोलिसी, एउटैमा सबै योजना

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चौथो योजनाको रुपमा जीवन हेरचाह बीमा जेष्ठ  आईतबारबाट सर्वसाधारणमा गर्ने भएको छ ।  एउटै बीमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी (पेन्सन) इन्स्योरेन्स र इण्डोमेन्ट इन्स्योरेन्सको समिश्रण रहेको यो योजना नेपालको बीमा बजारमा नौलो प्रस्तुति रहेको छ ।

केटाकेटी र सन्तानको सुरक्षित भविश्यलाई लक्षित गरी ल्याइएको यो बीमा योजनामा प्रस्तावक (अभिभावक) को मृत्यू भएमा इच्छाईएको व्यक्तिलाई विमांक रकम एकमुष्ट तुरुन्त भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

बिमांक रकम भुक्तानी पछि पनि बीमाले निरन्तरता पाउदै अवधि समाप्ती नभएसम्म प्रत्येक तीन तीन महिनामा विमांक रकमको २.५ प्रतिशत बांकी जीवन निर्वाह भत्ता  (पेन्सन) को रुपमा पाईरहने, बाँकी अवधिको लागि बीमा शुल्क तिर्नु नपर्ने र भुक्तानी अवधि समाप्ती पछि पुनः विमांक रकम र आर्जित वोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था समेत रहेको छ ।

साथै प्रस्तावक दुर्घटनामा स्थायी अपांग वा असक्त भएमा बाकी अवधिको बीमा शुल्क छुट हुने  र १२ वर्ष सम्म त्रैमासिक रुपमा विमांक रकमको २.५ प्रतिशत जीवन निर्वाह भत्ता उपलब्ध हुने व्यवस्था समेत गरिएको छ ।

नेपालको बीमा बजारमा केटाकेटी बीमामा बच्चाको मृत्युपछि बीमा योजना रद्द हुने व्यवस्था रहेको छ । तर महालक्ष्मी लाईफले ल्याएको योजनामा इच्छाइएको वा बच्चाको मृत्यपछि पनि बीमाले निरन्तरता पाईरहने र सो बीमा परिवारको इच्छाईएको व्यक्ति वा दोस्रो सन्तानमा हक हस्तान्तरण हुने एकदमै नौलो व्यवस्था गरीएको छ । साथै प्रस्तावक जिवितै रहेको अवस्थामा भुक्तानी अवधि समाप्ती पछि विमांक र आर्जीत वोनस एकमुष्ट पाउने व्यवस्था रहेको छ ।

२०७५ माघ २७ बाट कारोवार प्रारम्भ गरेको यस जीवन बीमा कम्पनीले अहिले सम्म ४५ जिल्ला भन्दा बढी स्थानमा तालिम र जनचेतना मूलक कार्यक्रम संचालन गरि सकेको छ भने पूर्व मेची देखि  महाकाली सम्म ३० वटा भन्दा वढी शाखा र उपशाखा संचालनमा ल्याइसकेको छ र आउने आषाढ मसान्त सम्म ५० स्थानमा शाखा र उपशाखा संचालनको लक्ष्य लिएको छ ।

4305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका