जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अब ग्लोबल आइएमई बैंकको सेवा १२ घण्टा

अब ग्लोबल आइएमई बैंकको सेवा १२ घण्टा

ग्लोबल आइएमई बैकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै साउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ ।
आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने छ । बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि र पछि पनि बैंकिङ्ग सेवा उपलब्ध गराउने हेतुले यो सेवा सञ्चालनमा ल्याएको हो ।

यो सेवा शनिबार र अन्य बिदाको दिन बाहेक हप्तामा ६ दिन नै खुल्ला रहने बैंकले जनाएको छ । शनिबार तथा अन्य विदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउण्टर सेवा सञ्चालन गर्दै आएको छ ।

14425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका