जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवा विकास बैंकको ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

कामना सेवा विकास बैंकको ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा विक्रीका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त गरेको छ । सो सम्बन्धी बैंक र क्यापिटबीच सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् ।

बैंकले एक हजार रुपैयाँ अंकित दरका १० लाख कित्ताले हुन आउने एक अर्ब रुपैयाँ रकम बराबरको “(%KSBBL Debenture 2088 ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

ग्राहकहरुलाई समयसापेक्ष उत्कृष्ट सेवासुविधाहरु उपलब्ध गराउँदै आइरहेको यस बैंककाहाल १२८ वटा शाखाकार्यालयहरु र १ वटा एक्सटेन्शन काउन्टर तथा ७० वटा एटिएम मार्फत आफ्नो सेवाहरु प्रवाह गर्दै आएको छ ।

8385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका