जोडिनुहोस
आइतवार, असार १२, २०७९
आइतवार, असार १२, २०७९

हालको खबर

  • होमपेज
  • सीइओहरुलाई सीआईबीको निम्तो

सीइओहरुलाई सीआईबीको निम्तो

नेपालका पछिल्लो समय वाणिज्य बैंकहरुमा भएको साइबर आक्रमणले गर्दा नेपाली बैंक तथा वित्तिय संस्था मात्र होइन, सर्वसधारण पनि त्रसित भएका छन् । अब पैसा कसरी सुरक्षित गर्ने । यसै विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले नेपालका बैंकका सीइओहरुलाई साइबर सेक्युरीटीका सम्बन्धमा छलफलका लागि बोलाएको छ ।

‘सोमबार बिहान ११ बजेका लागि सीआइबीले बोलाएको छ,’ एक बैंकरले भने, ‘बैंकहरुको साइबर सेक्युरिटीमा केही कमजोरी देखिएकाले त्यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने भनिएको छ ।’

पछिल्लो समय बैंकहरुको साइबर सेक्युरिटीमा समस्या देखिएपछि सीआइबीले चासो देखाएको हो ।

‘चाडबाडको बेलामा बैंकबाट रकम चोरी नहोस्, त्यसका लागि साइबरलगायतका सुरक्षा वयवस्था कस्तो छ, के कस्ता कमी कमजोरीहरु छन् र कसरी सुधार गर्ने भन्ने छलफलका लागि हामीले केही सीइओहरुलाई बोलाएका हौं,’ सीआइबी स्रोतले भन्यो ।

केही समयअघि चिनियाँ ह्याकरले विभिन्न बैंकको एटीएम ह्याक गरी साढे ३ करोड रुपैयाँ चोरी गरेका थिए । त्यसैगरी केहीदिन अघि मात्रै कृषि विकास बैंकका कर्मचारीको पासवर्ड प्रयोग गरी करिब ६ करोड चोरी भएको थियो ।

एकै महिनामा दुई वटा चोरी भएपछि प्रहरीले साइबर सेक्युरिटीमा बढी चासो दिएको हो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका