जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सिंहदरबारबाट एभरेस्ट बैंक निकालियो

सिंहदरबारबाट एभरेस्ट बैंक निकालियो

गोप्य सूचना भारत पठाउँदै आएको भन्ने आरोप खेप्दै आएको एभरेस्ट बैंकको सिंहदरबार शाखालाई त्यहाँबाट बाहिर ल्याउने तयारी गरिएको छ । गोप्य सूचना विदेश जाने डरले भीभीआईपी र भीआईपीले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत कारोबार गर्न थालेपछि एभरेष्ट बैंकले त्यहाँको शाखा स्थानान्तण गर्न बाध्य हुन पुगेको हो ।

एभरेस्ट बैंक काम विहीन बनाइएपछि सिहंदरबारभित्रको शाखालाई सिंहदरबार बाहिर सार्न लागिएको एभरेस्ट बैंकका उच्च अधिकारीले बताए । एभरेस्ट बैंकले सिंहदरबारभित्र करिब १२ वर्ष एकलौटी रजाइ गर्दै आएको थियो । एभरेस्ट बैंकको रजाईलाई तोड्दै राष्ट्रिय वाणिज्य बैंकको शाखा सिंहदरबारभित्र लगिएपछि उसको सेखी गिरेको थियो ।

गत वर्ष बेहुलीजस्तै अन्माइएर राष्ट्रिय वाणिज्य बैंकलाई सिहदरबारभित्र छिराइएको थियो । भीभीआईपी र भीआईपीको गोप्य सूचना मुलुक बाहिर गएको भन्दै संसदभित्र र बाहिरसमेत चर्को विरोध भएपछि एभरेस्ट बैंकको सिंहदरबार भित्रको शाखा निष्कृय पार्ने गरी राष्ट्रिय वाणिज्य बैंकलाई सिंहदरबारभित्र शाखा खोल्न अनुमति दिइएको थियो ।

एभरेस्ट बैंकको प्रतिस्पर्धीको रुपमा राष्ट्रिय वाणिज्य बैंकलाई सिंहदरबार भित्र्याइएको थियो । १२ वर्षदेखि एभरेष्ट बैंकले गर्दै आएको काम राष्ट्रिय वाणिज्य बैंकलाई दिइएको र एभरेष्ट बैंकलाई काम विहीन हुने अवस्था पुर्याइएको छ । योजनाबद्ध रुपमा नै एभरेष्ट बैंकलाई शाखा सार्न बाध्यात्मक पारिएपछि त्यहाँबाट शाखा सार्ने तयारी उक्त बैंकले गरेको हो ।

एभरेस्ट बैंकको सिंहदरबारभित्रको शाखालाई लिएर पटक –पटक संसद भित्र र बाहिर आवाज उठेको थियो । त्यस्तो विवादले एभरेस्टको विश्वासनीयतामा आँच पुगेको एभरेस्ट बैंक स्रोतको भनाइ छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पनि गत फागुन २९ गते संसदमा राष्ट्रिय वाणिज्य बैंकको शाखा सिंहदरबार ल्याउने जानकारी गराएका थिए । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारी लगानीका बैंकहरुलाई सिंहदरबारमा प्रवेश रोक लगाएर विदेशी लगानीको बैंकलाई सरकारले प्रोत्साहन गरेको भन्दै अर्थमन्त्रीको ध्यानआकर्षण गराएका थिए ।

सांसदले राखेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई ल्याउने बताएका थिए । अर्थमन्त्रीको सोही भनाइलाई कार्यान्वयन गर्दै राष्टिय वाणिज्य बैंकलाई सिंहदरबार भित्र्याउने काम भएको थियो । एभरेष्ट बैंक भारतीय पञ्जाब नेसनल बैंकको लगानीमा स्थापना भएको हो । उक्त बैंकमा पञ्जाब नेसनल बैंकको २० प्रतिशत शेयर छ ।

6230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका