जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित

मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित

मुक्तिनाथ विकास बैंक दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सको वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको छ।

दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सले बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट्स अवार्ड्स २०२१अन्तर्गत बिभिन्न बिधाहरुमा अवार्ड वितरण गरेको थियो।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले उक्त सम्मान ग्रहण गरे।

दक्षिण एसियाली देशहरुबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरुको मूल्यांकनका आधारमा संस्थाले उक्त अवार्डका लागि छनौट गरेको हो।

वार्षिक प्रतिवेदनका आधारमा मूल्यांकन गरी बैंकलाई उक्त सम्मान दिइएको र यसबाट बैंकलाई थप उर्जा मिल्ने बैंकले जनाएको छ।

यसैगरी बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नकालागि बैंकको एटिएम कार्ड प्रयोग गरी देशभरका जुनकुनै एटिएम मेशिनबाट रकम झिक्दा पैसा न लाग्ने व्यवस्था गरेको जारी बिज्ञप्तिमा उल्लेख छ।

1585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका