जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सेञ्चुरी बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सेञ्चुरी बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सेञ्चुरी कमर्सियल बैंकले बनेपा नगरपालिकाको ग्रामिण क्षेत्रलाई लक्षित गरेर उग्रचण्डी नाला शाखामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त ९विधुतिय वित्त० सम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा १६५ जनाभन्दा बढीको सहभागी थियो ।

सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुंच बढाउन गाउंगाउसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत अन्य स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

11365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?